म , समाज , परिवार अनी सपना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 125
  •  
  •  
  •  
  •  
    125
    Shares

मुकुन्द न्यौपाने – सिमसिमे पानीले विस्तारै मधुर आवाजमा जमिनलाई चुम्दा आनन्द महसुस गरेको आभास भाईरहेको होला है भन्ने सोचमा लट्ठ म मनमनै कल्पना गर्दै मन्द मुस्कानका साथ घरको कौसिमा बस्दै गर्दा मेरा सपनासरि दिनमा फुलेर रातमा ओइलाई जाने पारीजातका फुलहरुलाई पानीका सा\साना थोपाले मनै नहुँदा पनि रुखबाट झर्न वाध्य बनएको जस्तो आभास अचानक मनभित्र भित्रै हुन लगेको थियो क्षेडिक समय पछी ति फुलहरु देख्दा मनलाई  थाम्न म चुके शायद म त्यो बिगतमा पुगे जुनाबिगतले मेरो सपनालाइ जबरजस्ती झर्न वाध्य बनाएको थियो तर अफसोस झरिसकेको पारीजातको वास्ना सधैं सुमधुर रहे सरह मेरा अधुरा सपनाहरुले वास्ना छरेर मेरो जीवनकोको त्यो पाललाई झक्झकाउन चाँही कहिलै विर्शिएका थिएनन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

म समाजले वर्गियकरण गरेर राखेको समाजको नजरमा अरुभन्दा एकतह माथिको जात बाहुन । सानो छदा समाजको प्रभाब मेरो मस्तिस्कमा नपर्दाबाट नै पेसा जुनसुकै किन नहोस् आफ्नो लक्ष्यसम्म पुग्नमन्छ भन्ने गर्थेरे म बाट समाजले सायद त्यसैबेलाबाट डाक्टर , पाइलाटको अपेक्ष्या गरेको हुदोहो तर मेरो सपनालाई हाम्रो समाजले जातियताको आधारमा  सानो काम भनेर त्याग्न पर्ने बनाउला भन्ने अपेक्ष्या आह कहिले भएन । उमेर संगै मेरा भावना , साथी ,साथदिने मान्छे परिवर्तन हुँदै गए तर मेरो लक्ष्य कहिले परिवर्तन भएन। एकदिन कक्ष्यामा शिक्षाकले आफ्नो लक्ष्य बताउना भन्नु भयो सबैले डाक्टर , पाइलाट , राजनीतिग्य भनिरहेका थिय मैले खुशीका साथ म cobbler बन्ने म्याम भने अनी प्रफुल्लितहुँदै सबैभन्दा फरकसोच छ भनेर म्याम्ले स्याबासी दिनुहुन्छकी भन्ने सोचले मक्ख थिय म तर एकासी कक्ष्यबाट गललल हसेको आवाज मेरो कानसम्मा अाइपुग्दा म झसँग भएको महसुस गरे कतैम गलत त् भएन भनेर नेपालीमा फेरी उछरण गर्दै कोब्लर भनेको जुत्ता बनाउने मान्छे ‘मोजी’ भन्दा झनै ठुलो हासोको पत्र बन्न पुगेको अनुभुती भयो अनी मैले म्याम्को अनुहार हेर्दा उहाको अनुहारमा अरुले भन्दाको जस्तो चमक देखेन मैले मलाई यो कुरले निकै निरास तुल्लयो । समयले यो कुरा घरसम्म पुर्याउला भन्ने अपेक्ष्या मैले कहिलै गरेको थिएन तर एक्दिन सपरिवार संगै हुँदा बाबाले बहुनको छोराले जुत्ता सिलाउछ्न दिमाग छैन?? भन्दै झापार्नु भयो अनी म १० कक्ष्या पढ्दै गर्दा यो कुराले मेरो मनोबललाई आझै कम्जोर बनाइदियो तर पनि मलाई फरक अनी प्रविधिक सैलिमा जुत्ता बनाएर नेपाली बजारमा भित्राउने मेरो लक्ष्यले अफुबाट टाढा बनाएको चाँही थिएन। मलाई अब मेरा सपना अधुरै रहन्छन कि भन्ने डरले होटल म्यानेजर बन्ने भनेर आफ्नो सपना लुकाउन लागेको थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बाबा एकदमै बुझ्ने समाजमा एकदम सधैनै सहयोगी भावनाले उत्रिनुपर्छ भन्ने मान्छे कहिलै हाम्रो खुशी बिरुद्ध एक्सब्द नानीकाल्नु भएको वक्तिले म मोजी बन्ने भन्दा दिएको प्र्तिकृयाले मलाई निकै अफ्ठ्यारोमा पारी सकेको थियो । म कक्ष् १०को पारीक्ष्यमा उत्रिण भए बाबाले खाना खाँदै गर्दा बधाई छ तलाई ल भन के चाहियो के पढ्छस कहाँ पढ्छस भनेर प्रश्न गर्नु भयो यो सुन्दा मलाई मोजी बन्नुमन्छ बाबा नयाँ र् आधुनिक प्रविधीबाट आफु एउटा वयापारी बनेर देशमै केही गर्नु छ त्यस बिष्एकोबारे पढ्नु मन्छ बुवा भन्नु मन्थियो तर मनका भावना शब्दमा उचरनहुन सकेनन अनी मन्मा सपना दबाएर हजुरले जे भन्नु हुन्छ त्यही पढ्ने बनेर आँखाभरी आशुले एकलराज  गरिसकेका थिय दुई परेली जोडीएर आँखाका डिलमा आएका आशुलाई झर्न आघ्रह गर्दै थिय अनी म जुरुक्क उठेर आशुका धारा संगै आफ्नो कोठा तर्फलागे । बाबाले सायग बुझ्नु भएको हुदोहो त्यसैले मेरो ठुलोबुवाको छोरा कपिल बाल्यकालदेखी को साथी नातामा दाईसँग कुरा बुझ्न पठाउनु भएछ उस्ले मलाई के  पढ्नु मन्छ भनेर सोध्ना साथ मलाई मोजी सम्बन्धी पढ्नु मन्छ भनेर निर्धक्क भने किनभने मलाई बाबाले बुझ्न पठुनु भएको भन्ने पत्तालागी सकेको  थियो। यो कुरा बाबा सँग पुगेछ अनी बाबाले मलाई तेरो सपना भन्दा ठुलो हाम्रोलागी केही छैन तलाई जे मन्छ त त्यही गर्लास भन्नु भयो मेरो खुशीको सिमा रहेन तर मलाई मेरो भाग्यले कहिले खुशी  हुनदिएन बाबाले भन्दा पाएको खुशी केहीदिनमै बिलिन होला भन्ने मलाई कतै पनि आपेक्ष्य थिएन। म सँग क्ष्डिक समएकालागी आएको खुशी समाजले खोस्ला भन्ने मैले शायदै कल्पना गरेको थिए । बाबाले गाउको एक्जाना पढेलेखेका दाजु सँग सल्लहा माग्न मेरो कुरा राख्नु भएको रहेछ उहाले यस कुरालाई गाउमा पुरयाउदा फलानको छोराले जुत्ता सिलाउने रे तल्लो जात ल्याउने लक्ष्यण देखायो नि भन्दै हल्ला फैलाइदिनु भएछ। गाउमा मन्ने गुन्ने मनिशहरु घरमा आउने हेपिएको काम हो भनेर नगरन सल्लहा दिने गर्दै मेरो मनोबल एकदमै कमजोर बनाउदै जादै गर्नु भएको थियो तर एक साझ एकै घरका हजुरबुवाहरुले त् तल्लो जात्को होस् ?? भनेर आक्रोसित पारामा भन्नु भयो म स्तब्द भए र् एक्छिन पछी एउटा प्रश्न नसोधी बस्न मनले दिएन अनी सोधे तल्लो जात्ले बनाएको जुत्ता अनी तल्लो काम बाट बनेको जुत्त किन लगाउनु भएको?? काम सानो जात सानो भनेर खान लगाउन छोड्नुस् हजुरबुवा हजुर पनि भनेर अलिक झर्किएछु शायद उहाले तेरो छोरा जुत्त सिलाउने भए कुल्मा छिएर्न दिदैनौ भन्ने धम्कीkaa साथ घर छोड्नु भयो ।

त्यसबेला फेरी मलाई आभास भयो काम मात्र होइन जात पनि चाहिदो रहेछ मेरो सपना पुरा गर्न भनेर अनिअर्को अनुभुती पनि भयो कि मेरो लक्ष्य सानो भएर रहेनछ सबै ताढिएको सोच सानो भएर रहेछ । यती भाई सकेपछी मलाई परिवालाई समस्यामा पर्नु भन्दा मेरो सपना अधुरै राखेर बाबालाई अरुणाइ पढ्छु भन्न उचित ठाने मैले अनी म Hotel management पढ्छु भनेर बिदेश जाने सपना बनाए मलाई निकै मनसिक प्रभाब प्रिसकेको थियो बाबाको आँखामा मलाई मेरो इक्ष्य पुरा गर्न सकेन भन्ने लज्जा प्रस्ट देखिएको थियो। रुची बिना भर्ना भएको कलेजमा पढ्न मलाईमन लगेन म कालेज काम जाने गर्थे ति बिगत्का कुराले मलाई निकै प्रभाब पारी सकेका  थिय तर समय सँग  बुझ्ने हुँदै गर्दा मैले जस्तो जात अनी सानो काम भनेर कसिले सपना  त्याग्नु नपरोस मैले परिवर्तन्का लागि केही गर्नु पर्छ भन्ने भावना पलाउन लाग्यो शायद देशको मायाले छुट्टीन नि दिएन होला । +२ राम्रो सँग नै उत्रिण भए म अनी म समाजका जतिय घट्नाहरु लाई पहिले भन्दा नजिकबाट नियाल्न थाले मलाई भन्दा समस्या त जात्कै आधारमा जागिर नपाउने , कोठा नपाउनेलाई रहेछ अनी मलाई झन केही गर्नु पर्छ भन्ने अठोट बड्ढ्दै गयो। अहिले म परिवर्तनका लागि समाजमा घुल्मिल हुँदै छु अध्ययन पनि त्यसै सम्बन्धी गर्दै छु तर मेरो एउटा ठुलो स्व्देशी जुत्ता बनाउने सपनाले आझै साथ भ्ने छोडेको छैन अनी आझ गाउ आउँदा पढ्छु भनेर जुत्ता सिलाउने काम गर्छस रे है त्यसइ भन्छन गाउमा भन्ने हल्ला सुन्दा निकै कम्जोर महसुस भएको छ तर मलाई निकै गर्व छ कि मैले आफु भन्दा तलको पुस्तालाई जात भन्दा मनवता ठुलो हो भनेर बुझाएको छु , गर्व लाग्छ मैले जात अनी सानो काम भनेर जीवनकी मरण्को बेला रगतले छुतौदैन भनेर समाजमा बुझाउदै छु गर्व लाग्छ म परिवर्तन गर्न सक्छु त्यसैले परिवर्तन गर्छु अनी आफ्नो सपना पुरा गर्छु भन्ने अठोट बनअेको छु । अनी दु:ख लाग्छ अफुले देखेको सपना अधुरै रहन्छ कि कतै भन्ने पनि !!अनी डर लाग्छ कतै मेरो गाउ समाज बादलने सपना पनि अधुरै रहन्छ कि भन्ने ! अनी यिनै पारीजात्लाई हेर्छु र सोच्छु ( पारीजात जसरिनै झरेपनी फुलेर झर्नुपर्छ, ताकी वास्ना सधैं मन मस्तिस्कमा रहिरहोस् अधुरै वोइलाएर होइन किन भने, न हजुरको वास्ना रहन्छ नत पहिचानै ) समाज बादलेर देश होइन परिवार बादलेर समाज बादलौ देश आँफै बादलिन्छ । जात अनी काम त्यती बेला सानो लाग्छ जब हजुरको मानसिक्ता सानो हुन्छ । साथै हजुरको लक्ष्य अनी सपनानै हजुरको मरण बह्यक पुग्नै पर्ने गन्तब्य हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु