आइपिओमा नया कीर्तिमानी, सानिमा जनरल इन्सुरेन्सको आइपिओ भर्नेको लर्काे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

२६, असोज, काठमाडौँ । पछिल्लो समय नेपालमा शेयर बजारमा लगानी कर्ताहरुको ब्यापक उत्साह देखिने गरेको छ । विशेष गरी आइपिओ भर्ने मानिसहरुको संख्या अत्यन्तै धेरै देखिन्छ । यसैविच सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा नया कीर्तिमानी कायम भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आइपिओ भर्न तोकिएको अन्तिम मिति आइतवार सम्म ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आइतबारदेखि इन्स्योरेन्सको शेयर बिक्री बन्द भएको छ । बिक्री बन्द भएपनि बैंकमार्फत आवेदन दिने लगानीकर्ताको आवेदन अझै थप हुने छ। यसकारण अन्तिम नतिजा आँउदा यसको सँख्या अझै बढ्न सक्छ। इन्स्योरेन्सको शेयरमा हालसम्मकै धेरै आवेदन परेको छ। आईपिओमा लगानी गर्ने लगानीकर्ताको सँख्या दैनिक बढ्दो छ। यसैकारणा हरेक सार्वजानिक निष्काशनमा आवेदन गर्ने लगानीकर्ताको सँख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ। कम्पनीले माग गरेको भन्दा ६.९६ गूणा बढी आवेदन गर्र्दै नया रेकर्ड कायम भएको हो । जस अनुसार इन्स्योरेन्सको आइपीओमा १ अर्ब ९० करोड १२ लाख ३४ हजार रुपैंया बराबरको १ करोड ९० लाख १२ हजार ३४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्बसाधारणमा बिक्री खुल्ला गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलले लिमिटेड रहेको छ । यो आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो ।हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु