ओली प्रचण्डले अब विवाद नगर्ने, यस्ता छन् अन्य निर्णय तथा निर्देशनहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौँ । लामो समयदेखीको नेकपामो विवाद टुँगो लगाउँदै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानो विवादतर्फ नफर्किने प्रतिवद्धता जनाएका छन्। पार्टीभित्र देखा परेका विवाद र मतभेदलाई आगामी दिनमा नदोहो¥याउने प्रतिवद्धतासहित नेकपाका अध्यक्षद्धयले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । २९ भदौमा जारी निर्देशनमा २६ भदौको स्थायी कमिटीको बैठकलाई आगामी दिनमा पुराना विवाद ननिकाल्ने प्रतिवद्धताको प्रस्थानविन्दु अर्थात् निश्चित समय निर्धारण गरेका हुन् ।दुबै अध्यक्षले २६ भदौको स्थायी समितिको पाँचौ बैठक सकिएको दिनलाई पुरानो विवादतर्फ नफर्कने निश्चित गरिएको दिनको रूपमा व्याख्या गरेका छन् ।  अध्यक्षद्धयले आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्ने र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने प्रतिवद्धता पनि उल्लेख गरेका छन् । नेकपाले अराजकता,अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्य गर्नेलाई विधानअनुसार अनुशासनको कारबाहीसमेत गर्ने जनाएको छ। सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागितालगायत राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनमा लागु गर्ने उल्लेख छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेताविरुद्ध सामाजिक सञ्जालमा नलेख्न, सांसदले जीवनशैली बदल्न पनि उनीहरुले निर्णय गरेका छन् । त्यतिमात्र नभएर असोजभित्र एकताका सबै काम सक्ने, केन्द्रीय सदस्यहरुको जिम्मेवारी परिमार्जन गर्ने, ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भनिएको छ । त्यसैगरी पार्टीले अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने तथा कारबाही फुकुवा गनुपर्नेलाई विषयमा तत्काल टुंगो लगाउने, एकताको मर्मअनुसार महाधिवेशन सहमतिका आधारमा गर्ने नेकपाको अपानीमा उल्लेख छ । र महाधिवेशन चैत २५ देखि ३० सम्म काठमाडौंमा गर्ने भनिएको छ । त्यसैगरी नेकपा प्रदेश सरकारले प्रभावकारी काम नगरेको निष्र्कषमा पुग्दै पुनर्गठन गर्ने पनि भनेको छ । नेपाल भारत सीमा विवाद पनि टुंगो लगाउन वार्ता गर्ने, नेताको नाममा रहेका प्रतिष्ठान वा संघसंस्था गुटबन्दीलाइ नियमन गर्ने र परिमार्जन गर्दै एमसीसी पास गर्ने भनेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु