मुसिकोट : विद्युत चोरेर मिल चलाएकी वडा सदस्यलाई जरिवाना तिराइयो !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 280
  •  
  •  
  •  
  •  
    280
    Shares

प्रकाश घिमिरे, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा जनप्रतिनिधिबाटै (डिमाण्ड चुवावट) विद्युत चोरी भएको छ । नगरपालिकाको वडा नं १ पौँदीअमराईमा केन्द्रीय प्रशारण लाईनको (डिमाण्ड चुवावट) भएको हो । मुसिकोट नगरपालिका वडा नं १ का वडासदस्य गगां श्रेष्ठले डिमाण्ड चुवावट गरी मिल सञ्चालन गर्दै गर्दा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले फेला पारेका हुन् । प्राधिकरणका कर्मचारी सोम बहादुर रानाले यस अगाडी पनि पटक पटक विद्युत चोरी गरेको देखेको र सम्झाएको भएपनि अटेर गरी विद्युत चुवावट गर्ने काम नरोकेपछि आफुले आवश्यक प्रमाण नेपाल विद्युत प्राधिकरण जिल्ला शाखामा पठाएको बताए । मिल सञ्चालनका लागि आवश्यक पर्ने १६ एम्पिएरको विद्युत जडान गर्नुपर्ने भएपनि ५ एम्पिएरको मात्रै जडान गरेर सञ्चालन गरेको र आवश्यक विद्युत जडान गर्न सुझाव दिएपनि अटेर गरेको उनले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रानाका अनुसार पटक पटकको ताकेता गर्दा बल्ल १६ एम्पिएरको एमसिबी जडान गरेको भएपनि उक्त विद्युतबाट मिल सञ्चालन नगरी घरायसी प्रयोजनका लागि प्रयोग गरेका थिए । भने डिमाण्ड चुवावट गरी मिल सञ्चालन गरेका थिए । बारम्बार जानकारी गराउँदा अटेर गरेपछि विद्युत प्राधिकरणमै जानकारी गराएको उनको भनाई छ । आवाज नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख नारायण अर्यालले डिमाण्ड चुवावट गरेको कुरा कार्यालयमा आएपछि श्रेष्ठलाई कार्यालयमै बोलाएर सोधपुछ गरिएको जनाए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले डिमाण्ड चुवावट बापतको जरिवाना स्वरुप नगद १ हजार ३ सय १३ रुपैयाँ जरिवाना गराएर अव यसो नगर्ने गरी सहमतीमा विद्युत पुनः जडान गरिदिएको बताए । तरपनि त्यसक्षेत्रमा विद्युत चुवावट अन्यत्र ठाउँमा पनि भएको भन्ने जानकारी आएकाले आवश्यक अनुसन्धानका लागि प्राधिकरणको टोली सोमबारसम्म त्यस स्थानमा जान लागेको जानकारी दिए । त्यस स्थानमा मिटर रिडिङ् गर्दै आएका रानामाथी पनि अनाधिकृत रुपमा रकम उठाएको भन्ने उजुरी आएकाले त्यसविषयमा पनि अनुसन्धान चलिरहेको उनको भनाई छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु