गुल्मी ११ साउन ।
गुल्मीको मुसिकोट नगरपालिका ८ का ७ घरपरिवार बर्षा सँगैको पहिरोले बिस्थापित भएका छन ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
केही घरमा पहिरोले पुर्दा, केही घर पहिरोको उच्च जोखीममा पर्दा ती परिवारहरु घर छोडेर अन्यत्रै बस्न बाध्य भएका हुन । ठुलाखर्कका यम बहादुर बिकको केही समय अघि मात्र बनाएको नया घर पहिरोले पुरेको छ । केही दिन अघि मध्य रातमा माथीबाट आएको पहिरोले भित्तो फुटाएर घर क्षतविक्षत बनाएको छ ।



JUNGLE






from the
city



परिवारका सदस्य भने त्यस दिन सकुशल बाहिर निस्कन सफल भए । आहिले उनीहरु आफ्नो बुवासँगै बसीरहेका छन । यस अघि छुट्टै बस्दै आएका थिए ।
त्यसैगरी वामी मैदानका ४ परिवार पनि बिस्थापित भएका छन । शितल बिश्वकर्मा, डिल बहादुर विक, श्यामकली विक तथा गोविन्द विश्वकर्माको परिवार विस्थापित भएको छ । हाल उनीहरु कोही श्री शारदा विद्या मन्दिर माविको भवनमा त कोही अन्य ब्यक्तिहरुको घरमा गएर बसेका वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।
त्यसैगरी वामी लम्तरीका गुणानिधि लामीछाने यस अघि नै मुनपा ७ ढावरोडमा भाडामा बस्न शुरु गरीसकेका छन भने गुणानिधिकै घर मुनी रहेका ओमकार लामीछाने पनि घर भन्दा केही माथी पट्टीरहेको अर्काे खाली घरमा बसीरहेका छन ।
गुल्मी जिल्ला बर्षै पिच्छे पहिरोको चपेटामा पर्दै आएको छ । गत बर्ष पनि ठुलो जनधनको क्षती व्यहोरोको गुल्मीमा अहिले पनि यस्तै किसीमको क्षती पुगेको छ ।
मुसिकोट २ मुसिकोटमा पनि दजौनौ घरपरिवारहरु घर छोडी अन्यत्रै गएर बसेका छन । त्यसैगरी इस्मा गाँउपालिका, कालिगण्डकी गाँउपालिकामा पनि पहिरोले उस्तै क्षती गराएको छ ।
हेरौ भिडियो