कोरोनाको कारण थप ७ नेपालीले ज्यान गुमाए

प्रतिकात्मक तस्वीर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 85
  •  
  •  
  •  
  •  
    85
    Shares

काठमाडौं । नेपालमा थप सात जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत तीन जनाको बिहीबार साँझ र आज बिहान भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको आज मृत्यु भएको हो भने सिरहाका एकजना पुरुषको बिहीबार साँझ मृत्यु भएकोे प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आज बिहान मृत्यु भएका ८३ वर्षीय पुरुष बिएन्डसी टिचिङ अस्पताल, विर्तामोड झापाबाट रिफर भएर धरान गएका थिए । उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, आजै मृत्यु भएकी ५६ वर्षीया महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन् । उनमा पनि ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, सिरहा नगरपालिकाका –२ का ५५ वर्षीय पुरुषको पनि बिहअीबार साँझ सोही अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुने पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहको दीर्घरोगी भएको सापकोटाले जानकारी दिए ।

साथै, चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान जिल्लाको पुष्पाञ्जली अस्पताल र चितवन मेडिकल कलेज, भरतपुरमा एक–एक गरी दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा। सन्दीप पाण्डेका अनुसार भेन्टिलेटरमा उपचार गर्दागर्दै ती पुरुषको मृत्यु भएको हो । उनी लामो समयदेखि दमको बिरामी रहेको अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएकी महिलामा पनि श्वासप्रश्वासमा गम्भीर समस्या आएर अस्पताल भर्नागरी उपचार सुरु गरिएको थियो ।

यसैबीच, रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । भदौ ७ गते भर्ना भएका तिलोत्तमा–८ का ६० वर्षीय पुरुषको गएराति साढे २ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए ।

अहिले कोरोना विशेष अस्पतालको आइसियुमा १५ बिरामी उपचाररत छन् भने दुई जना भेन्टिलेटरमा छन् ।

यसका साथै, मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु