हाल नेपालमा एकछत्र राज गरेको स्कुटर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौँ । नेपालमा स्कुटरको जगतमा टीभीएस एनटर्क नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर बनेको छ । टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले हाल यो स्कुटर सबैभन्दा बढी बिक्री भइरहेको जानकारी दिए । उनले नेपाली बजारमा भित्रिएको छोटो समयमा सो स्कुटरले अलग पहिचान कायम गरेको बताए । टीभीएस एनटर्क पहिलो पटक नाडा अटो शो २०१८ मा सार्वजनिक गरिएको थियो । यो नेपाली बजारका लागि पहिलो पटक स्मार्ट कनेक्ट प्रविधियुक्त स्कुटर हो ।त्यसैले कम्पनीले यसलाई नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर भनेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसपछिको चरणमा डिस्क र ड्रम भेरिएन्टका साथै रेस एडिसन समेत नेपाली बजारमा उपलब्ध भइसकेको छ । आगामी दिनमा एल्लो कलर एडिसन समेत नेपाली बजारमा लन्च गर्ने योजना रहेको अग्रवालले जानकारी दिए । अग्रवालका अनुसार यो फुल प्याकेजयुक्त स्कुटर हो । यसमा पावर, स्टाइल र रेसिङ क्षमता जनाउने फरक विशेषता छ । यसलाई नेपालको नक्सा अनुसार स्मार्ट कनेक्ट प्रविधिको प्रयोग गरी नेभिगेट गर्न सकिन्छ । नेपाली बजारका लागि पहिलो पटक लन्च गर्दा एनटर्क ग्राहकले जगदम्बा मोटर्सले दरबारमार्गमा आयोजना गरेको स्ट्रिट फेस्टिभलमा इन्डियन ¥यापर किङ बादशाहलाई समेत भेट्ने अवसर पाएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जगदम्बा मोटर्सले एनटर्क स्कुटरको ब्रान्ड एम्बेसडरको रुपमा नायक प्रदिप खड्का र नायिका स्वस्तिमा खड्कालाई चयन गरेको छ । देशभर भएका विभिन्न कार्यक्रममा उनीहरुको सहभागिता रहेको थियो । पछिल्लो पटक भित्रिएको टीभीएस एनटर्क रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ती पनि छ, जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ ले यसको रेसिङ पेडिग्रीलाई झल्काउछ । विशेषतः युवा राइडरलाई लक्षित गरि डिजाइन गरिएको यो स्कुटर टीभीएस रेसिङ प्लेटफर्ममा आधारित छ । स्कुटरमा १ सय २५ सीसी क्षमताको थ्री भल्व इन्जिन जडान गरिएको छ । जसमा यात्रा गर्दा थकानको महसुस हुँदैन । एनटर्कमा ड्युअल कलर टोन दिइएको छ, जसले स्कुटरको लुक्समा निखार ल्याउनुको साथै डिजाइन स्पोर्टी देखिन्छ । यसमा उपलब्ध कतिपय फिचर्स सुन्दा नै अनौठो लाग्ने प्रकारका छन् । अनौठो यस अर्थमा कि स्कुटरमा यसअघि स्मार्ट फिचर्स उपलव्ध गराइएको थिइएन, जुन एनटर्कमा पाइन्छ । रेसिङ डाटा, ल्याप समय, फ्युल लेबल, स्पिडसँगै इन्जिनको तापक्रमको जानकारी स्क्रिनमै हेर्न सकिन्छ ।

त्यसैगरी यस स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी सुविधा छ । जसलाई चालकको मोबाइलसँग कनेक्ट गरेपछि कन्सोल मिटरमा मोबाइलका एप्लिकेसन देख्न सकिन्छ । स्कुटरको डिजिटल कन्सोलले स्कुटर कहाँ जाँदै छ, कहाँ पुगियो र पुग्न लागेको ठाउँ कति टाढा छ भन्ने देखाउँछ । यसबाट चालकलाई गन्तव्यमा पुग्ने समय यकिन गर्न मद्दत मिल्छ । नेपाली बजारमा हाल तीन भेरिएन्टका एनटर्क स्कुटर रहेका छन् । यसको ड्रम भेरिएन्टको मूल्य २ लाख १४ हजार ९ सय, डिस्क भेरिएन्टको मूल्य २ लाख ३६ हजार ९ सय र रेस एडिसनको मूल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको नेपाल अटोले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु