काठमाडौं – गुँरास लाइफ इन्सुरेन्सको सेयर लिलामीको बोलपत्र आज सोमबार खोलिने भएको छ । इन्सुरेन्सले ५ लाख ९० हजार १४ कित्ता शेयरको बोलपत्र आह्वान गरेको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा बिहान १० बजेबाट बोलपत्र खोलेको छ। कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर असोज १३ गतेदेखि १९ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गुँरासले असोज १३ गतेबाट १९ गतेसम्म संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता गरी कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणलाई ध्यानमा राख्दै बोलपत्र खोल्ने कार्यमा लगानीकर्ताहरुको सामुहिक उपस्थिति नगराइने भएके छ । यस अवस्थामा निष्कासन तथा विक्री प्रबन्धकका प्रतिनिधिहरुको रोहवरमा मात्र बोलपत्र खोलिने व्यवस्था मिलाएको कम्पनीले जानकारी गराएको छ ।