काठमाडौं- नेपाली बजारमा सुनको भाउ थोरै सस्तो भएको छ। दसैंपछि खुलेको बजारमा सुन तोलामा एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन भने आज तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।