काठमाडौँ, कात्तिक १६ गते । देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ । केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्रमित दर बढ्ने चिकित्सकहरूले बताएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अन्य देशमा पनि जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने भनाइ चिकित्सकहरूको छ । कोरोनाका कारण अस्पताल भर्ना भएर उपचार गराइरहेका व्यक्तिमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या निम्तिने खतरा रहन्छ । कोरोना सङ्क्रमण भएर उपचारपछि ठीक भई घर जाने र पछि अन्य जटिलता निम्तिएर मानिसको मृत्यु भइरहेको छ । वीर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा उपचारपछि डिस्चार्ज हुनुभएका एक जना स्वास्थ्यकर्मीको दुई हप्तापछि मृत्यु भएको छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीले जाडो मौसममा कोरोना भाइरस बढी समय सक्षम रहने भएकाले जोखिमको सम्भावना बढी रहेको बताउनुहुन्छ । उहाँले लक्षण देखिनासाथ पीसीआर परीक्षण गर्न सुझाव दिँदै अनावश्यक र हानिकारक उपचार गर्न नहुने सल्लाह दिनुहुन्छ । डा. सुवेदीले कोरोनाबाट सबै उमेर समूहका मानिस उत्तिकै खतरामा छन् ।



JUNGLE






from the
city



त्यसमा पनि बालबालिका, वृद्धवृद्धा, मुटुरोगी, मिर्गौला, क्यान्सर, मधुमेह, श्वासप्रश्वास, दम लगायतका दीर्घरोगीलाई झनै खतरा रहेको जानकारी डा. सुवेदीले दिनुभयो । सरुवा रोग विशेषज्ञ डा. सुवेदीले दीर्घरोगीहरूले कोरोनासँग अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै विशेषगरी बस चालक, पसले, विभिन्न अफिस सञ्चालन गर्ने व्यक्तिहरूसमेत बढी जोखिममा रहेको बताउनुभयो । जाडो मौसम बढ्न सुरु भएदेखि कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ, डा. सुवेदीले भन्नुभयो, “सङ्क्रमित बढ्दै जाँदा अस्पतालका शøया, आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढ्दै जाने र अस्पताल पाउन सक्ने सम्भावना कम हुन्छ ।”
डा. सुवेदीले कोरोना सङ्क्रमणमा ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने लक्षण सुरुका केही दिनपछि धेरैमा कम हुनसक्ने भन्दै दोस्रो हप्तातिर एक्कासि ज्वरो, स्वाँस्वाँ बढ्ने, अक्सिजन चाहिने र प्रायः बिरामीले १÷२ दिन देखिएर लक्षण हराउन सक्ने बताउनुभयो । उहाँले लक्षण सुरु भएको बेलातिर सबैभन्दा बढी हुने र केही दिनमै पीसीआरको पहिचान गर्ने क्षमता धेरै घट्ने बताउनुभयो । दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजिटिभ देखिने सम्भावना धेरै कम हुने उहाँको भनाइ छ । डा. सुवेदीले सङ्क्रमितहरू अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुगेको तर पीसीआर भएको छैन । कोरोना पुष्टि भइसकेकालाई अरू बिरामीसँगै एउटै वार्ड वा कोठामा राख्न मिल्ने तर कोरोनाको शङ्का मात्र भएका तर पुष्टि नभएकालाई सँगै राख्न नमिल्ने हुँदा समस्या हुने बताउनुभयो । डा. सुवेदीले भल्ब भएको मास्क देशव्यापी रूपमा बन्देज गर्नुपर्ने बताउनुभयो । उहाँले भल्ब भएको मास्कले अरूलाई रोग सार्ने भएकाले भल्ब भएको मास्क नलगाउन समेत आग्रह गर्नुभयो । आजको गोरखापत्रमा समाचार छापिएको छ ।