काठमाडौं । सोमवार दिउसो सबा एक बजेसम्म नेप्से १ हजार ५७० विन्दुमा पुगेको छ । उक्त अवधिसम्मको कारोवार अवधिमा १७५ ओटा कम्पनीको ७ हजार २२ पटकको कारोवारमा १४ लाख १७ हजार ३३६ कित्ता शेयरको रु. ४० करोड ६८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । सोमवारको बजारमा दोस्रो घण्टासम्म कारोबारमा आएका ११ ओटा समुहमध्ये म्युचुअल फन्ड बाहेक बाँकी सबै समुहको परिसूचक बढेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उक्त अवधिसम्म जलविद्युत् समुहको परिसूचक सर्वाधिक २ दशमलव ७४ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समुहको परिसूचक शून्य दशमलव ३ प्रतिशत घटेको छ । उक्त अवधिसम्म अपि हाइड्रोपावरको सर्वाधिक बढी अर्थात् रू. ३ करोड १५ लाखबराबरको शेयर कारोवार भएको छ । कारोवारको सोही अवधिसम्मा जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९० प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयरमूल्यममारू. ४० बढेर प्रति कित्ता शेयर रू. ४४४ मा कारोबार भइरहेको छ ।