विश्व बैंकले देखायो नेपालको अर्थतन्त्र सम्बन्धी डरलाग्दो तथ्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

वासिङ्टन – कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । कोरोनाभाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक असर पर्ने पनि बैंकले जनाएको छ । खासगरी अनौपचारिक क्षेत्रमा कार्यरत ठूलो संख्याका कामदारहरुले रोजगारी गुमाउने र लाखौं मानिस गरिबीको दुश्चक्रमा पर्ने बैंकको भनाई छ । विगत पाँच वर्षदेखि वार्षिक ६ प्रतिशतको आर्थिक वृद्धिदर रहेको दक्षिण एसियाको अर्थतन्त्र कोरोनाभाइरसका कारण यसअघि ७.७ प्रतिशत खुम्चने अनुमान गरिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

क्षेत्रीय वृद्धि सन् २०२१ मा ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । तर कोभिड–१९ ले पु–याएको क्षतिलाई ४.५ प्रतिशतको आर्थिक वृद्धिले सम्बोधन गर्न निकै कठिन हुनेछ । गतका आर्थिक मन्दीमा पनि लगानी र निर्यातमा हुने गरेका कमीले अर्थतन्त्रमा संकट निम्त्याउने गरेका थिए । यस पटक भने परिस्थिति भिन्न छ । वैयक्तिक उपभोग्य सूचकांकमा पनि १० प्रतिशतभन्दा बढीले कमी आउने देखिएको छ । केही मुलुकमा विप्रेषणको आयमा पनि कमी आउने र त्यसबाट जीविकोपार्जनमा समस्या उत्पन्न हुनेछ । विश्व बैंकका लागि दक्षिण एसियाली उपाध्यक्ष हार्टवीजले कोभिड–१९ का कारण संकटमा परेको दक्षिण एसियाको अर्थतन्त्रका कारण साना व्यवसाय र अनौपचारिक क्षेत्रका कामदारमाथि ठूलो समस्या खडा भएको बताउनुभयो । उहाँले रोजगारी गुम्ने र आम्दानी घट्ने समस्याबाट आम मजदूरहरु पीडित हुने पनि बताउनुभयो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

श्री हार्टवीजले सरकारले आफूसँग रहेको सीमित स्रोत साधनलाई बुद्धिमत्तापूर्वक उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । दक्षिण एसियाका कूल मजदूरमध्ये खासगरी पर्यटन, खुद्रा व्यापार र यातायात क्षेत्रका मजदूर सबैभन्दा ठूलो समस्यामा रहेका अध्ययनले देखाएको छ । गरिबीमा पिल्सिएका जनताले खाद्यान्नको बढ्दो मूल्यको सामना गर्नु परेको छ ।सानो संख्याका अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरुले मात्र सामाजिक बीमामा पहुँच बनाएका छन् वा उनीहरुसँग सानोतिनो बचत रकम रहेको वा वित्तीय संस्थासँग पहुँच छ । विश्व बैंकको प्रतिवेदनमा सरकारहरुले सबैलाई सामाजिक सुरक्षा उपलब्ध गराउन आग्रह गरिएको छ । साथै अधिकाधिक उत्पादकत्व, सीप विकास र मानव पुँजी निर्माणमा सरकारहरुले ध्यान दिनु पर्नेमा जोड दिइएको छ । आर्थिक पुनरुत्थानलाई गति दिन सरकारहरुले अन्तर्राष्ट्रिय र स्वदेशी लगानी जुटाउनु पर्ने बैंकको भनाई छ । दिर्घकालीन रुपमा डिजिटल प्रविधिले अनौपचारिक क्षेत्रका कामदारका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत गर्ने, दक्षिण एसियालाई बढी प्रतिस्पर्धी बनाउने तथा बजारसँग बढी अन्तरसम्बन्धित बनाउने पनि बैंकको अनुमान छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु