केही समय अघि आइपिओ निष्कासन गरेको सानिमा जनरल इन्स्योरेन्सको शेयर कारोबारसूचीकरण अन्तिम चरणमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा शेयर कारोबारको तयारी अन्तिम चरणमा पुग्न थालेको जनाएको हो । सूचीकरण शाखाका अनुसार इन्स्योरेन्सको शेयर केहि दिनमै सूचीकृत भएर यहि साता देखिनै कारोबारमा आउनेछ । इन्स्योरेन्सको शेयर शेयरधनीहरुको डिम्याट खातामा समेत आइसकेको छ । कम्पनीको शेयर जीआइसीको नामबाट शेयरधनीहरुको खातामा आएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो बाँकी २७ लाख ३० हजार कित्ता शेयर । सर्वसाधारणको लागि बिक्री खुला गरिएको थियो । सर्वाधारणलाई निष्काशन गरेको कम्पनीको शेयर २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् ।