काठमाडौँ । नेपाली काँग्रेस गुल्मी – काठमाडौँ सम्पर्क समितिमा काँग्रेसको सदस्य बनेर केही ब्यक्तिहरुले पद र मर्यादा विर्सेर रजाई गरेको अरोप लगाइएको छ । संगठनको लेटरप्याडको दुरुपयोग गरी केही ब्यक्तिहरुले सांगठनिक मर्यादा विपरीत कार्य गरेको गुल्मी सम्पर्क समितिका अध्यक्ष ज्ञान बहादुर कार्कीले बताए । केही दिन अघि मात्रै सामाजिक सञ्जालमा पार्टीकोे आधिकारिक निर्णय विनै नेपाल तरुण दलको कार्यसमिति विस्तार गरिएको प्रति ध्यानाकर्षण जनाउँदै उनले यसो भनेका हुन् । “प्रजातन्त्रको मुल मन्त्र भनेको विधि, पद्धति र शैली हो, मर्यादा हो।” उनले भने, “तर विधि र प्रक्रिया मिचेर विधानमा व्यवस्था नै नभएको गठन गरिएको छ, यो अपराध पूर्ण कार्य हो।” गत असोज ७ गते नेपाल तरुण दल गुल्मी काठमाडौँ सम्पर्क समिति गठन गरिएको समाचार सामाजिक सञ्जालमा आएसँगै यस विषय सतहमा आएको होे ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीले आफुहरु सँग कुनै पनि सहकार्य नै नगरी विधानमा व्यवस्था नै नभएको समिति गठन गरिएको बताए । उनले भने, “तरुण दलको ऐतिहासिक साँख र जिम्मेवारी विपरीत ७ गते तरुण दल गुल्मी – काठमाडौँ सम्पर्क समिति गठन गरिएको भन्ने समाचार आयो, यस प्रति हाम्रो संगठनले घोर भ्रत्र्सना गर्दछ।” उनले यस संगठनको लेटरप्याडको दुरुपयोग गरी केही ब्यक्तिहरुले नीजि स्वार्थमा संगठन नै बदनाम गराउन खोजेको आरोप लगाए । “यो सँगै गुल्मी तरुण दललाई कठपुतली बनाउने प्रयास विफल भएको छ” उनले भने । तरुण दलले एक विज्ञप्ती नै जारी गर्दै यसरी विधान विपरीत गठन भएको समितिलाई कुनै मान्यता नदिईको जनाएको छ ।



JUNGLE






from the
city



काँग्रेसका नेता विष्णु पन्थीले संगठनको नाम बदनाम गराउने उद्धेश्य सहित केही गैर काँग्रेसीहरुले मुल र मर्म विपरीत कार्य गर्नु पार्टीलाई कमजोर बनाउनु रहेको बताए । उनले जिम्मेवार पदमा ब्यक्तिहरुले नै यस प्रकारका कार्य गर्नाले इमान्दार कार्यकर्ताहरुमा निराशा पुग्ने बताए । पटकपटक पार्टीलाई कमजोर बनाउने यस प्रकार काम भईरहँदा पार्टीका इमान्दार कार्यकर्ताहरुले गुल्मीका केन्द्रिय नेताहरु समक्ष रोष प्रकट गरेका छन् ।