अस्ट्रेलियाको तास्मानिया द्वीपमा अलपत्र परेका झन्डै ३८० वटा ह्वेल मृतावस्तामा भेटिएको अधिकारीहरूले बताएका छन्। यो अस्ट्रेलियामा अलपत्र परेका ह्वेलहरूको सर्वाधिक सङ्ख्या हुनसक्ने जनाइएको छ। सोमवारदेखि उक्त द्वीपको पश्चिमी तटमा सयौँको सङ्ख्यामा पाइलट ह्वेल कम पानी भएको स्थाननजिक अड्किएका छन्। बुधवारसम्म उद्धारकर्ताहरूले ७० वटा ह्वेलको ज्यान बचाउन सफल भएका छन् भने थप २० लाई पुनः समुद्रमा फर्काउन सकिने आशा गरेका छन्। तास्मानियाका अधिकारीहरूले “प्राणी जीवित रहेसम्म” उद्धार कार्य जारी रहने बताएका छन्। तर अधिकारीहरूले धेरै गलिसकेका चारवटा ह्वेलको जीवनरक्षा गर्न नसकिने भएकाले “सुखपूर्वक मारिदिने” योजना बनाएका छन्। “पानीमा जीवितै रहँदासम्म उनीहरूसँग आशावादी हुने अवस्था रहन्छ। तर समय बित्दै जाँदा उनीहरू झन् थकित हुनेछन्,” तास्मानियाको पार्क र वाईल्डलाईफ सर्भिसका क्षेत्रीय प्रबन्धक निक डेकाले भने।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कसरी पुगे तटमा? ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन। ह्वेलको यो प्रजाति तटीय क्षेत्रमा पुगेर अलपत्र पर्ने सम्भावना बढी हुने बताइन्छ। यो हालसम्मकै सर्वाधिक सङ्ख्यामा एकै पटक त्यसरी अपत्र परेका ह्वेलहरू फेला परेको घटना हो। सन् १९९६ मा पश्चिमी अस्ट्रेलियामै यसै गरी ३२० ह्वेल फेला परेका थिए। तास्मानियामा भने यस अघि सन् १९३५ मा सर्वाधिक २९४ पाइलट ह्वेल अलपत्र परेको अवस्थामा भेटिएका थिए। त्यसपछि त्यहाँ सन् २००९ मा करिब २०० पाइलट ह्वेल बलौटे पानीमा फसेको फेला परेका थिए। अस्ट्रेलियामा यस्ता ८० प्रतिशतभन्दा बढी घटना तास्मानिया हुने गरेको बताइन्छ।



JUNGLE






from the
city



कसरी हुँदैछ उद्धार? तालिमप्राप्त ६० उद्धारकर्ताको एउटा टोलीले गोफन लगायतका विभिन्न उपकरणको सहयोगले मङ्गलवार बिहानदेखि केही ह्वेललाई कम पानी भएको ठाउँबाट गहिरो पानी भएको ठाउँतिर पुर्याउन सुरु गरेका थिए। ह्वेलहरू पानीमा सहज रूपमा चल्न थालेपछि अन्ततः तिनलाई सुरक्षित स्थानमा पठाइने उनीहरूको भनाइ छ।हालसम्म ५० ह्वेललाई त्यसरी समुद्रतर्फ पुर्याइएको उद्धारकर्ताहरूले बताएका छन्। तर शक्तिशाली छालका कारण उक्त कार्य चुनौतीपूर्ण भइरहेको उनीहरूको भनाइ छ। ती ह्वेललाई चलायमान बनाउन डुङ्गाहरूको प्रयोग गर्नुपर्ने हुनसक्ने बताइएको छ। तर उनका अनुसार धेरै ह्वेल निकै ठूलो वा असहज स्थानमा फसेका हुन सक्छन्। यसअघिका उद्धार कार्यको अनुभवका आधारमा पाइलट ह्वेल तीनदेखि चार दिनसम्म बाँच्न सक्ने थाहा भएको विज्ञहरूले बताएका छन्।