गुल्मी । मुसिकोट नगरपालिकाको कार्यालय र ७ नम्बर वडा नम्बर वडा कार्यालयकोे कामकाज बन्द गरिएको छ । आज मात्रै नगरपालिकाका स्वास्थकर्मी तथा कर्मचारीहरु गरी ६ जनामा कोरोना संक्रमण देखिएसँगै कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष प्रकाश काफ्लेले बताए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मुसिकोट नगरपालिका र वडा न ७ को कार्यालय ७ दिन बन्द गर्ने, पिसिआर टेस्ट पोजेटिभ आएका सबै आइसोलेसनमा बस्ने, पोजेटिभ आएका ब्यक्तिहरु सङ्ग नजिकमा रहेका सबै अनिबार्य क्वारेन्टाइन बस्ने, सबै नागरिक विशेष गरि वडा न ७ का जनसमुदायले विशेष सावधानी अपनाउने, विशेष काममा बाहेक बाहिर हिडडुल नगर्ने निर्णय भएको वडाध्यक्ष काफ्लेको भनाई छ । “स्थानीय सरकारले जारी गर्ने नियम पालना गर्नु नागरिकको कर्तव्य हो” उनले भने, “हामी सबैले सुरक्षाका मापदण्ड पालना गरेको खण्डमा कोरोना आफै नियन्त्रणमा आउँछ” । यो अवधिमा संक्रमित सँग सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब संकलन गर्ने र अन्य तयारीका कामहरु गरिने उनले बताए ।



JUNGLE






from the
city


