दाङ नै तोकिएपनि फेरी किन शुरु भयो राजधानी विवाद ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

बुटवल । लम्बिन प्रदेशको स्थायी राजधानीको विषयमा फेरी विवाद उत्पन्न भएको छ । प्रदेश सभाले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका अन्तर्गत भालुवाङ्ग क्षेत्रलाई राजधानी बनाउने भनी पेश भएको प्रस्ताव बहुमतले पारित भएको थियो । तर प्रदेश सरकारले राजपत्रमा देउखुरी मात्रै नाम राखेको कारण फेरी विवाद शुरु भएको हो ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रकाशित गरेको राजपत्रमा दाङको राप्ती उपत्यकाको देउखुरी मात्र स्थायी राजधानी लेखेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस खालको विवरण प्रकाशमा आएसँगै अर्घाखाँचीवासीले सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले जिल्लामाथि प्रदेशका केही नेताहरुको मिलेमतोमा धोका दिन खोजेको आरोप लगाएका छन् ।
प्रदेश सभामा मतदान हुनु अघि कानुनमन्त्री कुलप्रसाद केसीले सभामा प्रस्ताव दर्ता गराउँदै यसो भनेका थिए, –‘दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको, राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी कायम गरियोस’ ।
सोही अनुसार दुई तिहाई भन्दा बढी मतले उक्त प्रस्तावलाई पास गर्याै र सभामुख पूर्णबहादुर घर्तीले पनि स्पष्ट भाषामा प्रस्ताव अनुसारकै ठाँउलाई राजधानी तोकिएको बताएका थिए । तर त्यस अनुसारका नाम राजपत्रमा नआएपछि यस विवादमा पुनः विवाद शुरु भएको छ । सामाजिक सञ्जालमा मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्ण बहादुर घर्ती सहित सरकारको आलोचना शुरु भएकोे छ ।
तर सभामुख घर्तीले नाम आउँदा छोटो रूपमा स्थान तोकेर मात्र प्रकाशित गरिएको बताउँदै यसमा कुनै पनि शंका गर्न नपर्ने बताएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु