सुजुकीले नयाँ अल्टो कार बनाउँदै, यस्ता छन् हालको मोडल भन्दा नया परिवर्तन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौँ । जापानी कार निर्माता कम्पनी मारुती सुजुकीले चर्चित मोडल सुजुकी आफ्ना सवारी साधनमा ठुलो परिवर्तन गर्ने भएकोे छ । विशेष गरी अल्टो, वागन आर र भिटारा एसयूभीमा २०२१ सम्ममा नया परिवर्तन सहित बजारमा ल्याउन लागेको होे । यी तिन गाडीहरुको अपडेटेड भर्सन अर्काे वर्ष भारतमा प्रवेश गर्दै, नेपाली बजारमा आउने सम्भावना रहेको नेपालअटोको दावी छ । न्यू जेनेरेसन सुजुकी भिटारा अर्काे महिना लन्च हुने सम्भावना रहेको छ भने नयाँ अल्टो वल्र्ड प्रिमियम डिसेम्बर २०२० मा लन्च हुने सम्भावना रहेको छ । भारतमा आयात हुने न्यु जेनेरेसन सुजुकी अल्टोमा ५ परिवर्तन गरिनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेक्स्ट जेनेरेसन अल्टो नयाँ हार्टटेक प्लेटफर्ममा आधारित हुनेछ । कार कम्पनीका अनुसार अल्ट्रा र एड्भान्स हाई स्ट्रेग्थ स्टिसको प्रयोग गरेर आर्किटेक्चरको डिजाइन गरिएको छ । सो भेइकल स्ट्रक्चरमा इम्प्याक्ट एनर्जी निरीक्षण गर्न र डिस्ट्रिब्युट गर्न क्षमता रहेको छ । जसले प्यासेन्जरको सेफ्टी सुनिश्चित गर्छ । यसको साथै भेइकलको पावर टु वेट रेसियोलाई ह्यान्डल गर्ने एनभीएच लेवल पनि उत्कृष्ट बनाउछ । हालको लागि नयाँ सुजुकी अल्टोको डिजाइन र इन्टेरियर डिटेल्स सार्वजनिक भएको छैन । तर, नयाँ अल्टोको डिजाइन र इन्टेरियरमा केही परिवर्तन गर्ने सम्भावना रहेको छ । इन्ट्रि लेवल ह्याचब्याक नयाँ फ्रन्ट फेसियाको साथमा उपलब्ध हुनेछ । साथै यसमा नयाँ डिजाइनको ग्रिल पनि हुनेछ । कारमा अपडेट बम्पर र रिभाइज्ड हेडल्याम्प समावेश गर्नेछ । नयाँ अल्टोमा नयाँ डिजाइन भएको ह्वील, अपडेट टेलल्याम्प र बम्परको साथमा उपलब्ध हुनेछ । ह्याचब्याकको हायर भेरिएन्टमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि समावेश हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नयाँ हार्टटेक प्लेटफर्मको कारणले नयाँ अल्टो हाल उपलब्ध अल्टो भन्दा बढी सुरक्षित हुनेछ । नयाँ मोडलमा ड्युअल एयरब्याग अप्सनको रुपमा भन्दा पनि स्ट्यान्डर्ड सेफ्टी फिचरको रुपमा समावेश गर्नेछ । हाल उपलब्ध अल्टोको स्ट्यान्डर्ड सेफ्टी किटमा ड्राइभर एयरब्याग, ईबीडीको साथमा एबीएस, रिभर्स पार्किङ सेन्सर, को ड्राइभर सीट बेल्ट रिमाइन्डर र स्पिड अलर्ट सिस्टम समावेश रहेको छ । जापानमा नेक्स्ट जेनेरेसन सुजुकी अल्टो नयाँ आर०६डी ६५८ सीसी इन्जिनमा उपलब्ध हुनेछ । सो इन्जिनले ६८ बीएचपीको पावर जेनेरेट गर्छ । ह्याचब्याकको स्पोर्टी भर्सन पनि आउनेछ जसमा टर्बाेचाज्र्ड इन्जिन हुनेछ । जसले ४८ बीएचपीको पावर र ६९ एनएमको टर्क जेनेरेट गर्छ । कार म्यानुअल र एएमटी गियरबक्स विकल्पमा हुनेछ । नयाँ सुजुकी अल्टो कस्मेटिक परिवर्तन, फिचर अपग्रेड र नयाँ प्लेटफर्मको साथमा उपलब्ध हुने नेपाल अटोले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु