बाढीको असर हाइड्रोपावर समूहमा

सेयर गर्नुहोस्

१३ असोज, काठमाडौं –साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा खुम्चियो ।

४६ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन व्यापार र हाइड्रोपावर उल्लेख्य घटे । व्यापार २.९७ र हाइड्रोपावर २.३६ प्रतिशत घटे । देशमा पछिल्लो समयको बाढीपहिरोले केही हाइड्रोपावर आयोजनामा क्षति पुगेपछि समग्र सेक्टरलाई नै यसले असर पारेको देखिन्छ । बैंकिङपछि यो समूह बजारको दोस्रो शक्तिशाली समूह हो ।यस दिन मूल्य धेरै घटेका कम्पनीमा हाइड्रोपावरहरू अगाडि देखिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *