भारतमा बसेर नेपाली ब्यापारीलाई धम्की दिने दुर्गा प्रसाँईको बिश्वास पात्र पक्राउ

सेयर गर्नुहोस्

१४ मंसिर,काठमाडौं ।  काठमाडौंभारतमा बसेर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका एकजना विश्वास पात्रलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंका एकजना विश्वास पात्र नवीन प्रधानका नामले चिनाउने हरिचन्द्र फुयललाई झापाबाट पक्राउ गरेर ल्याएको हो । भारतमा बसेर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा फुयललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। ३६ वर्षीय उनको घर पाँचथरको साविक मौवा गाउँ विकास समिति-६ हो । उनी हाल झापाको मेचीनगर नगरपालिका वडा नं। १३ चारआलीमा बस्दै आएका थिए । 

‘यही मंसिर १३ गते बेलुकी झापाको मेचीनगर नगरपालिका-१३ चारआलीबाट यस ब्यूरोको टोलीले पक्राउ गरी ल्याई प्रारम्भीक अनुसन्धान गर्दा निज प्रतिवादीले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईंको निर्देशनमा गर्ने गरेको सिआईबीले बताएको छ । उनी यसभन्दा अगाडिसमेत विभिन्न कसुरमा संलग्न भई फरार रहेको खुल्न आएको छ ।’ 

सिआईबीका अनुसार भारतीय अपराधिक समूह लोरेन्स बिश्नोई समूहको सदस्यसमेत रहेका उनले विभिन्न व्यापारीलाई फोन गरेर धम्क्याउने गरेको खुलेको छ ।नेपाली व्यापारीहरूलाई तर्साउने, रकम उठाउने र आपराधिक काममा युवा परिचालन गर्ने जस्ता गतिविधिमा उनी संलग्न रहेको बताईएको छ। केही समयअघि बिश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै चारजना व्यवसायीहरूले सीआईबीमा उजुरी दिएका थिए । प्रधानले नेपाली व्यापारीहरूलाई धम्क्याउन भारतीय र यूएईको दुबईका नम्बर प्रयोग गर्थे । तिनै फोनका आधारमा उनैले धम्की दिएको पत्ता लगाएर प्रहरीले पक्राउ गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *