चीन भ्रमणअघि प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद्मा छलफल

सेयर गर्नुहोस्

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार अपरान्ह पाँच बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले बताएको छ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । प्रधानमन्त्री ओली भोलि (सोमबार) चीनको औपचारिक भ्रमणमा जाँदैछन् । त्यसअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।आजको बैठकले उनको भ्रमण स्वीकृत गर्नेछ । यसअघि प्रधानमन्त्री ओलीले हिजो ९शनिबार० राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर भ्रमणबारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *