बिमस्टेकको स्थगित छैटौं शिखर सम्मेलनका लागि नयाँ मिति प्रस्ताव

सेयर गर्नुहोस्

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को स्थगित छैटौं शिखर सम्मेलनका लागि थाइल्याण्डले नयाँ मिति प्रस्ताव गरेको छ ।थाइल्याण्डले आउँदो वर्ष वैशाखको पहिलो साता सम्मेलन आयोजना गर्ने निर्णय गर्दै सहमतिका लागि सदस्य राष्ट्रहरूलाई प्रस्ताव पठाएको छ ।सम्मेलनका लागि प्रधानमन्त्रीले निमन्त्रणा पाइसकेको र नेपालले शिखर सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिम्स्टेकको छैटौं शिखर सम्मेलन यसअघि सेप्टेम्बरको पहिलो साता थाइल्याण्डमा हुने तय भएको थियो । तर त्यहाँको राजनीतिक परिर्वतनका कारण सम्मेलन अन्तिम सयममा स्थगित भएको थियो । त्यतिबेला प्रधानमन्त्री ओलीले सम्मेलनमा भाग लिनुका साथै सम्मेलन पछि थाइल्याण्ड भ्रमणलाई द्विपक्षीय बनाउने तयारी समेत गरेका थिए ।

‘थाइल्याण्डले अप्रिलको पहिलो हप्तामा नयाँ मिति प्रस्ताव गरेको छ र हामीले सहमति गरिसकेका छौं’ विदेश मन्त्रालयका एक अधिकारीले भने । तर, यसपटक प्रधानमन्त्रीले थाइल्याण्डको द्विपक्षीय भ्रमण गर्ने कि नगर्ने भन्ने अहिले अनिश्चित छ ।

बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमार छन् । यसको शिखर सम्मेलन प्रत्येक दुई वर्ष हुनेगर्छ ।शिखर सम्मेलन अघि सदस्य राष्ट्रबीच बहुपक्षीय बैठक बसेको छ । बिम्स्टेकको अध्यक्ष राष्ट्र थाइल्याण्डले डिसेम्बर १९ मा २४ औं बिमस्टेक वरिष्ठ अधिकारीहरूको बैठक भर्चुअल रूपमा आयोजना गरेको थियो ।

थाइल्यान्डले सन् २०२५ को अप्रिलमा हुने छैटौं बिमस्टेक शिखर सम्मेलनको प्रस्तावित कार्यतालिका पनि बैठकलाई जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *