पूर्वी नवलपरासीमा विनय खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सेयर गर्नुहोस्

 २६ पुस,काठमाडौं- पूर्वी नवलपरासीमा पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएको हो । पूर्वी नवलपरासीका एसपी यादव ढकालले पुल भासिएको जानकारी दिए ।पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको छ । वैकल्पिक बाटोका बारेमा अहिले छलफल भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *