दलविहीन बने पनि गृहजिल्लामा रावललाई मिल्यो साथ

सेयर गर्नुहोस्

८ माघ,काठमाडौं-नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासित गरेपछि मातृभूमी जागरण अभियान सुरु गरेका छ्न्। रावललाई निस्कासित गरेपछि सुदूरपश्चिममा असन्तुष्ट हुँदै एमालेका नेता-कार्यकर्ताले र अन्य दलले उनलाई समर्थन गर्न थालेका छन्।

दलविहीन बनेपछि मातृभूमि जागरण अभियानको घोषणा गर्दै रावल गृहजिल्ला अछाम पुगेसँगै एमालेभित्र रहेको असन्तुष्टि सार्वजनिक हुन थालेको हो। उनीहरुले डा.भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

आज साफेबगरमा पत्रकार सम्मेलन गर्दै १ हजार ८६ जनाको अभियानमा समर्थन रहेको विज्ञप्ति सार्वजनिक भएको छ। तर, सार्वजनिक भएको विज्ञप्तिमा झण्डै २०० जनाको मात्र हस्ताक्षर रहेको छ। अन्यको समर्थनमात्र उल्लेख छ।

जागरण अभियानमा प्रदेश कमिटी तथा विभागीय सदस्य ७ जना, केन्द्रीय विभाग २, जिल्ला कमिटी सचिवालय सदस्य ५, प्रवास केन्द्रीय  प्रतिनिधि परिषद १, जिल्ला कमिटी सदस्य १७, पुर्व  जिल्ला कमिटी सदस्यहरू ३, जिल्ला सल्लाहकार सदस्य १३, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्यहरू १२, अनेम संघ कार्यबहाक अध्यक्ष १, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारीहरू ८, संगठित सदस्यहरू अन्य पार्टीबाट ५, नेकपा एमालेका ३५३ जनाको नाम उल्लेख रहेको छ।

पुस १० मा एमालेले नेता रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि अभियान घोषणा गरेर रावल देश दौडाहमा छन्।  माघ ४ मा सुदूरपश्चिम पुगेका रावल अहिले गृहजिल्ला अछाममा सक्रिय छन्। पार्टीको संस्थागत निर्णय विरुद्ध क्रियाकलाप गरेको आरोपमा एमालेले दुई महिनायता भीम रावलसहित केन्द्र, प्रदेश र जिल्ला तहको नेतृत्वमा रहेका नेतामाथि कारबाही गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *