श्रम स्वीकृति खुले पनि काम शुरु भएन, के भन्छ सरकार ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

सरकारले श्रम स्वीकृति खुला गरेको छ । कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि श्रम स्वीकृति रोकिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोकिएको श्रम स्वीकृति खुलेको जानकारी दिए । मन्त्री यादवले कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गरिएको जानकारी दिनुभयो । श्रम स्वीकृती खुलेपनि आजैदेखि काम सुरु हुने भने देखिएको छैन । निषेधआज्ञा जारी रहेको, यातायात नखुलेका कारण श्रम स्वीकृती खुलेपनि काम सुरु हुन केहीसमय लाग्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनका अनुसार नयाँ श्रम स्वीकृतिका लागि सेवाग्राही काठमाडौँ नै आउनुपर्ने भएकाले तत्काल सम्भव देखिँदैन । अनलाइन्बाट सबै काम गर्ने र एकैपटन विमानस्थलमा पुग्नेगरि ब्यवस्था मिलाउने विषयमा छलफल भइरहेको दाहालले बताए । उपत्यकामा कोभिड–१९ को जोखिम उच्च रहेकाले यही भदौ ३ देखि निषेधाज्ञा जारी छ । उपत्यका बाहिरका कतिपय जिल्लामा पनि कोभिडको जोखिम बढेकाले निषेधाज्ञा जारी छ । पुनः श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ तर श्रम स्वीकृतिका लागि भने काठमाडौंको ताहाचल कार्यालयमै आउनुपर्ने बाध्यता छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु