एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते

दुर्घटनामा उद्धार गर्दै प्रहरी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 421
  •  
  •  
  •  
  •  
    421
    Shares

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोट भित्री कच्ची सडकमा एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । चापाकोटबाट बिरामी काठमाडौँ पुर्याएर फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एम्बुलेन्स दुर्घटनामा चापाकोट नगरपालिका ९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनाामा घाइते गैरे र पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

दुर्घटनामा एम्बुलेन्स चालक चापाकोट ९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल गम्भीर रहेको अधिकारीले बताए । घाइते दुवै जनाको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपश्चात थप उपचारको मणिपाल शिक्षण अस्पताल लगिएको अधिकारीले बताए । उनले दुर्घटना के कति कारणले भयो अनुसन्धान अगाडि बढाएको बताए । (गोरखापत्र)

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु