कोरोनाको आर्युवेदिक औषधी नेपालमै बन्यो, परिक्षणको तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 234
  •  
  •  
  •  
  •  
    234
    Shares

काठमाण्डौ ।कोरोना भाइरस विरुद्धको जडिबुटीबाट बनेको आर्युवेदिक औषधी नेपालमा तयार भएको जनाइएको छ । उक्त औषधीको परीक्षण अघि बढाइएको सरकारले जनाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूका एक् सय भन्दा बढी बिरामीहरुमा परीक्षण गरिँदैछ। उनका अनुसार जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको उक्त आयुर्वेदिक औषधी बिरामीलाई खाना खानुअघि खुवाउने हो। जसमा मरीच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उनले जानकारी दिए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

डा. ज्ञवालीले भने, “सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रदेश ५ को समन्वयमा त्यहाँका आयुर्वेदिक केन्द्रका डाक्टरहरू र काठमाण्डूबाट गएको अनुसन्धान टीमको संलग्नतामा आजभोलिमै औषधी दिने योजना छ।“ तर त्यो औषधी गम्भीर समस्या देखिएकाहरूलाई भने नदिइने उनले बताए । उक्त औषधीबारे यसअघि चीन र भारत लगायतका देशमा पनि अनुसन्धान र अध्ययन भएको र त्यसको साइड इफेक्ट नभएको उनले जानकारी दिए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोनाभाइरसविरुद्ध फ्याबिपिरबिर नामको औषधीको प्रभावकारिताबारे पनि अध्ययन गर्ने योजना रहेको अधिकारीहरूले जनाएका छन्। उक्त औषधी नेपालमा पनि उत्पादन भइसकेको बताउँदै डा. ज्ञवालीले भने, “स्वास्थ्य मन्त्रालयले कागजपत्र हेरेर अनुमति दियो र औषधी व्यवस्था विभागले विश्लेषण अनुमति दिएमा हामी अनुसन्धान गर्ने तयारीमा छौँ।“ त्यो औषधी पनि गम्भीर बिरामीलाई नभइ सामान्य लक्षण रहेका बिरामीलाई खुवाउने बताइएको छ। एन्टी भाइरल उक्त औषधी कोभिड(१९ का बिरामीमा प्रयोग गर्न चीन, रुस र भारत लगायतका देशमा अनुमति दिइएको बताइएको छ।

अहिले प्रयोगमा रहेको रेम्डेसिभिरको तुलनामा उक्त औषधी सस्तो पनि हुने डा. ज्ञवालीको भनाइ छ। उक्त औषधी अहिले एक सयजनामा परीक्षण गर्ने अनुसन्धान परिषद्को योजना छ। त्यसको गम्भीर साइड इफेक्ट नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएको बीबीसीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु