फेरी शुरु भयो वाग्मती सफाइ महाभियान, यसरी हुँदैछ सरसफाइ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 109
  •  
  •  
  •  
  •  
    109
    Shares

काठमाण्डौ
राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि यहाँका नदी एवं चक्रपथ सफाइ अभियान भने पुरानैस्वरुपमा फर्कन थालेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पाँच महिनासम्म पनि कोरोना नघटेपछि भौतिक दूरीसहित स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ अभियानलाई पुरानैस्वरुपमा फर्काउन थालिएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गत चैत ११ गतेपछि माइकबाट नारा लगाउन बन्द गरिएकामा आजदेखि शुरु गरिएको छ । नारामा अभियानकर्मीले ‘म मेरो बासस्थान र वरपरको वातावरण सफा राख्न लागीपर्छु’ भनी शपथ खान्छन् ।

शङ्खमूल क्षेत्रको बुद्धनगरमा पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौडेलको नेतृत्वमा सफाइ गरिएको हो ।

वाग्मती सफाइ महाअभियानको ३७८औँ हप्ताका अवसरमा विसं २०७० जेठ ५ गते सफाइ महाअभियान शुरु गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वमुख्यसचिव पौडेलले अभियानकर्मीलाई शपथ गराएका थिए ।
जीवन विज्ञान र स्थानीय क्लबले उद्यान बनाउन लागेको वाग्मती किनारस्थित बुद्धनगरमा सफाइ गरी कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिइन् ।

सफाइमा अभियानकर्मी नारायणकुमार श्रेष्ठ, प्रिया लामिछाने, रामशरण कार्की, हनुमानमार्ग टोल सुधार समिति, जीवन विज्ञानलगायत स्थानीयवासी सहभागी थिए ।

त्यस्तै पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । पशुपति क्षेत्रमा वाग्मतीको बहाव बढेकाले धेरै फोहर नभेटिएको उनले बताइने ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ महाअभियानको ३३८ औँ हप्तामा गोठाटार पुलमुनिको नदी किनार दायाँबायाँ सफाइ गरिएको छ ।

वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा हुने यस क्षेत्रको नदी सफाइ घरदेखि वाग्मती सफा गरौँ भन्ने नाराका साथ हुने गरेको छ ।

पुलमुनिको नदी क्षेत्रमा आज सफाइ गरी कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको छ । कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गर्ने गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । त्यस क्षेत्रको नदी किनारमा रोपिएका बिरुवा गोडमेल पनि गरिएको थियो ।

रुद्रमती सफाइ अभियानको ३३३ औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको पूर्वी भागमा सफाइ गरिएको छ । भौतिक दूरी कायम गरी नदी किनारका बिरुवा गोडमेल समेत गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

यसैगरी विष्णुमती सफाइ अभियानको ३०६ औँ हप्तामा नयाँबसपार्कबाट मनोहरतीर्थसम्म सफाइ गरिएको छ । यसअघिका दुई हप्तामा विष्णुमती किनारमा गरिएको वृक्षरोपणलाई निरन्तरता दिइएको छ । यसअघिका दुई हप्तामा १२३ बिरुवा रोपिएकामा आज २७ वटा रोपिएको छ ।

रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने, मलजल गरी हुर्काउने जिम्मेवारीमा समेत अभियान लागिपरेको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

बिरुवा संरक्षणका लागि कान्तिपुरी बहुउद्देश्यी सहकारी संस्थाले २५, स्थानीय पसलधनी एवं उदारमना दाताले २० गरी ४५ वटा तारबार प्राप्त भएको जनाइएको छ ।

बाँकी १५० वटा तारबारका लागि सहयोगी मनलाई आह्वान गरिएको अभियानले जनाएको छ । वाग्मती तिलगङ्गा खण्ड २६० औँ हप्ताको सफाइ गरिएको छ ।

कोरोनाको सन्त्रास रहेकाले भौतिक दूरी कायम गर्दै नदी किनारमा जम्मा भएको फोहर टिपी जनचेतनामूलक अभियानसहित सम्पन्न गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिइन् ।

आलोकनगर सफाइको १७७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी खुला स्थानमा रोपिएका बिरुवा संरक्षण एवं गोडमेल गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए ।

त्यस्तै गोदावरी खोला सफाइ अभियानको ७५औँ हप्तामा गोदावरी नगरपालिका वडा नं। १ गोदामचौरस्थित धर्मटार क्षेत्रमा भौतिक दूरी कायम गरी सफाइ गरिएको सफाइ संयोजक बेबी राजभण्डारीको भनाइछ । महिला तथा बालबालिकाको सक्रियतामा यस क्षेत्रको सफाइ हुँदै आएको छ ।

एकल घुम्ती सरसफाइ अभियानको १८औँ हप्तामा दुर्गा भुसालले संयुक्त राष्ट्रसङ्घीय उद्यान ९युएन पार्क० क्षेत्रमा सफाइ गरीन् ।

उद्यानमा सफाइ एवं व्यवस्थापन गर्न १५ जना कर्मचारीको व्यवस्था गरिए पनि अवस्था दयनीय रहेको उनले सुनाइन् । रासस

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु