काठमाण्डौ । अस्ट्रेलियाका वैज्ञानिकहरूले मौरीको विषले स्तन क्यान्सरका बिरामीहरुलाइ फाइदा हुने दावी गरेका छन् । उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर (ट्रिपल नेगटिभ र एईआर(२) विरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रयोग गरिएको थियो। जसको कारण क्यान्सरका कोषहरु उक्त विषले मार्न सफल भएको बताइएकोे छ । यस खालका थाहा हुनु उत्साहजनक भन्दै अनुसन्धानकर्ताहरुले थप परीक्षण आवश्यक भएको बताए। स्तन क्यान्सर संसारभर महिलाहरुलाइ कुने क्यान्सरमध्ये सबैभन्दा धेरै हुने क्यान्सर हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
वैज्ञानिकहरूका अनुसार हजारौँ यौगिकको मिश्रणले प्रयोगशाला परीक्षणमा क्यान्सर कोषसँग लड्ने देखिए पनि उपचारका लागि शरीरमा थोरै मात्रै प्रयोग गर्न सकिएको बताएका छन्। अन्य प्रकारका क्यान्सरविरुद्ध पनि मौरीको विष उपयोगी देखिएको पुराना अध्ययनहरूको निष्कर्ष छ। अध्ययनमा ३०० भन्दा बढी मौरीको विष परीक्षण गरिएको थियो। भने नेतृत्व गरेकी २५ वर्षीया सायरा डफीले मह बनाउने मौरीको विषबाट निकालिएको यौगिक धेरै प्रभावकारी भएको बताइन्। विषको एउटा निश्चित मात्राले एक घण्टाभित्र क्यान्सरको कोषलाई मारेको र अन्य कोषलाई न्यूनतम हानि पु¥याएको बताइएको छ। तर अरू मात्रा दिँदा विषको असर बढेको थियो।



JUNGLE






from the
city



अध्ययनकर्ताहरूले मेलिट्टिले आफैँ क्यान्सर कोषको वृद्धिलाई बढ्न रोकिदिने वा निष्क्रिय पारिदिने पत्ता लगाएका छन्। मेलिट्टिन मौरीको विषमा प्राकृतिक रूपमा पाइने भए पनि यसलाई कृत्रिम तरिकाले निर्माण गर्न पनि सकिन्छ।स्तन क्यान्सर भएकामध्ये १० देखि १५ प्रतिशत महिलालाई ट्रिपल(नेगटिभ हुने र त्यसको उपचारमा हाल शल्यक्रिया, रेडिओथेरपी र कीमोथेरपी प्रयोग गरिन्छ। तर अन्यले मौरीको विष क्यान्सरको उपचारको औषधि बन्न सक्छ कि सक्दैन भन्ने थाहा पाउन थप अध्ययन आवश्यक पर्ने बताएको बीबीसीले जनाएको छ।