काठमाण्डौ । एक महिना अघि बेइरुतमा भएको विस्फोटबाट उत्पन्न भएको भग्नावशेषमा ज्युदै मानिस अहिले सम्म रहन सक्ने खोजकर्ताहरुले बताएका छन् । गत अगष्टमा भएकाको शक्तिशाली विस्फोटनमा ध्वस्त भएको एउटा भवनको भग्नावशेषमा एकजना व्यक्ति अझै जीवितै हुनसक्ने सङ्केत पाएको बताएका हुन् । लेबननको राजधानीस्थित एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एकजनाको मुटुको धड्कन थाहा भएको भन्ने अपुष्ट खबरहरू आएका थिए। कुकुरले मानिस ज्युदै रहेको संकेत गरेको बीबीसीले जनाएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भग्नावशेष हटाउने क्रेनको अभावमा रातभरि खोजीकार्य रोकेर शुक्रवार बिहानैबाट पुनः त्यो सुरु भएको छ । बिहीवार बिहान उनीहरू त्यहाँ फर्कँदा समेत अनुसन्धानमा प्रयोग भएको उक्त कुकुरले सोही ठाउँमा अघिल्लो दिनको जस्तै सङ्केत ग¥यो। त्यसपछि उक्त समूहले त्यहाँ स्क्यानर प्रयोग गरेर मुटुको धड्कन वा सासको सङ्केत खोज्दै भग्नावशेष हटाउने काम सुरु गरेका थियो। एकजना उद्धारकर्ताले भग्नावशेषमा दुई मिटर मुनि मुटुको चाल रेकर्ड भएको र तापक्रमको सेन्सरसँग समेत त्यो मेल खाएको जनाएका छन्। बिहीवार सबेरैदेखि चिलेका खोजकर्ताहरूले काम सुरु गर्दा मानिसहरू भवन वरपर जम्मा भएर चमत्कारको आशा गरेका छन्। तर ती मानिस भग्नावशेषमा अझै जीवित रहेरनरहेकोबारे केही स्पष्ट छैन।



JUNGLE






from the
city



बिहीवार नै घटनास्थलमा रहेका केही मानिसहरूले रातभरि काम गर्न समेत आह्वान गरेका थिए। बेइरुत बन्दरगाहामा २७५० टन अमोनियम नाइट्रेट विस्फोट हुँदा अगस्ट पहिलो साता त्यहाँ २ सय भन्दा धेरै मानिसहरू मारिएका थिए। जसको कारण करिब तीन लाख मानिसहरू घरबारविहीन भएका छन्। विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।