काठमाडौँ । जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय बनिरहेका छन् । आकर्षक डिजाइन, आरामदायी फिचर्स र बलियो तथा मजबुत बनावटका कारण यी बाइक लोकप्रिय बनेका हुन् । प्रिमियम ब्रान्ड बीएमडब्ल्युुले बाइक खरिद पश्चात उपलब्ध गराउने सेवा सुविधा समेत उत्कृष्ट तवरबाट उपलव्ध गराउँदै आइरहेको छ । यो ब्रान्डको बाइक आफैमा बलियो र मजबुत इन्जिनका कारण छिट्टै बिग्रिनहाल्ने हुँदा सर्भिसिङका लागि ग्राहकले घरिघरी वर्कशप धाइरहनु नपर्ने आधिकारिक वितरक बीएमडब्ल्युु मोटरार्ड नेपालका बजार प्रमुख दिपेश श्रेष्ठ बताउँछन् । हरेक १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक फुल सर्भिसिङ गराए पुग्ने र त्यसवापत जम्मा ५ हजार ५ सय रुपैयाँ खर्च लाग्ने उनले बताए । प्रिमियम बाइकमा सर्भिसिङ समेत कम्पनीले प्रिमियम तवरबाटै उपलव्ध गराउँदै आइरहेको उनको दाबी छ । हाल काठमाण्डौको नक्सालस्थित शोरुम परिसरभित्र यसको अत्याधुनिक र सुविधासम्पन्न सर्भिस सेन्टर सञ्चालनमा छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बीएमडब्ल्युु नेपाल भित्रिएको २ बर्ष पुग्दै छ । सन् २०१८ को डिसेम्बर महिनामा लन्च गरिएको यसको बिक्री हालसम्म २ सय ५० थान नाघिसकेको र ती सबै बाइक समस्यारहित तवरबाट सञ्चालन भइरहेको श्रेष्ठले जिकिर गरे । उनी भन्छन, ‘यदि कुनै समस्या देखिएको खण्डमा कम्पनीले तत्कालै समाधान गर्ने गरेको छ । जेन्युइन स्पेयर पार्ट्स र लुब्रिकेन्ट्स समेत बीएमडब्ल्युु ब्रान्डकै पूर्णतः सिन्थेटिक इन्जिन अयाल प्रयोग गरिने हुँदा सर्भिसिङको गुणस्तरमा राइडर ढुक्क रहन सक्छन् ।’ स्पेयर पार्ट्स स्टकमा पर्याप्त उपलव्ध हुने हुँदा राइडरले कुनै समस्या भोग्नु नपर्ने उनको दाबी छ । स्पेयर पार्ट्सको मूल्य समेत बजारमा हल्ला चलेजस्तो अत्यधिक महंगो नरहेको उनी बताउँछन् । उनी भन्छन, ‘नयाँ र त्यसमाथि पनि प्रिमियम ब्रान्ड भएको हुँदा यसको स्पेयर पार्ट्स निकै नै महंगो पर्ला कि भन्ने राइडरमा भ्रम हुन सक्छ । तर वास्तवमा यसको स्पेयर पार्ट्स समेत सुलभ नै छ । बजारमा उपलव्ध यही रेन्जका अन्य बाइकको हाराहारीमै स्पेयर पार्ट्सको मूल्य निर्धारण गरिएको छ ।’ बाइकको मूल्य समेत महंगो नभएको उनले बताए ।



JUNGLE






from the
city



हाल बजारमा यसका ४ मोडल उपलब्ध छन् । जसको मुल्य ९ लाख ५० हजारदेखि ११ लाख १५ हजार रुपैयाँसम्म पर्छ । हाल दसैं अफरको रुपमा बीएमडब्ल्युयु जी३१० जीएस र बीएमडब्ल्युयु जी३१० आर खरिद गर्न चाहने ग्राहकले ६० हजार रुपैयाँ बराबरको छुट अफर समेत पाउने भएको नेपाल अटोले जनाएको छ ।