काठमाडौं – कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधरण सभा स्थगित भएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो ।



JUNGLE






from the
city



क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति मार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस र सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गतवर्ष असोज दोस्रो साता क्यानले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । त्यसपछि पहिलो साधारण सभा गर्ने तयारीमा रहेपनि अहिलेको परिस्थितिका कारण सम्भव भएन ।
क्यानको नयाँ कार्यसमिति आएको ११ महिना हुँदा आशा र अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो सुनिन थालेको छ । निर्वाचनपछि २०७३ मा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले असोज २७ मा सशर्त क्यानमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।
त्यसैले क्यानले पूर्ण रुपमा काम गर्न पाउने वातावरण अझै बनाउन सकेको छैन । जसले गर्दा क्यानले कतिपय महत्वपूर्ण निर्णय लिन सकेको छैन । क्यान आन्तरिक कुरामै अलमलिएको भन्दै आलोचित हुँदै आएको छ ।
कोरोना महामारीको कारण यो वर्ष नेपाली राष्ट्रिय पुरुष र महिला टोली दुबैको अन्तर्राष्ट्रिय खेल हुनेको सम्भावना कम छ ।