भारतमा पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै संक्रमित फेला

भारतको राष्ट्रिय झण्डा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै संक्रमित फेला परेका छन् ।
बुधवार एकै दिन भारतमा ७६ हजार भन्दा धैरै संक्रमित पहिचान भएका हुन्। यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख पार भएको छ। त्यसैगरी कोभिड १९ संक्रमितको मृत्यु संख्या ६० हजार पार भएको छ । बुधवार एकै दिन थपिएका संक्रमितको यो संख्या विश्वकै तेस्रो ठूलो रेकर्ड हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जुलाई २५ मा अमेरिकामा ७८ हजार ४ सय २७ जना संक्रमित रेकर्ड भएको थियो भने जुलाई १७ मा ७६ हजार ९ सय ३० जना। त्यसपछि भारतमा एकै दिन धेरै संक्रमित देखिएको हो। भारतमा यसअघि सबैभन्दा धेरै संक्रमित पहिचान हुँदा ७० हजार ४ सय ८८ जना थिए, अगस्ट २२ मा।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बुधवारमात्र भारतमा १ हजार ९ जना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै भारतमा मृत्य हुने कोरोना भाइरस संक्रमितको संख्या ६० हजार ५ सय ४३ पुगेको छ।

नेपालसँग लामो सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या उछालिनेक्रम जारी छ। त्यहाँ संक्रमितको संख्या २ लाख पार भइसकेको छ। बुधवारमात्रै उत्तर प्रदेशमा ५ हजार ८ सय ९८ नयाँ केस थपिएको छ। खुला सीमाका कारण उत्तर प्रदेश र बिहारमा बढ्ने संक्रमण दरले नेपालमा असर पारिरहेको हुन्छ।

सीमामा सुरक्षा कडा पारिएको भए पनि धेरै ठाउँबाट नेपाल छिर्ने विकल्पहरु रहेका छन्। भारतमा कम प्रभावित रहेको राज्य उत्तराखण्डमा समेत बुधवार ५ सय ३० संक्रमित थपिएका छन्। यो प्रदेश नेपालको सुदूर पश्चिमसँग जोडिएको छ।

भारतको बिहारमा १ लाख २५ हजार भन्दा धेरै संक्रमि पहिचान भइसकेको छ। भारतका अन्य राज्यको तुलनामा बिहारमा परीक्षण कम भएकाले यहाँ अन्यत्रको भन्दा संक्रमण कम देखिएको हो। नेपालमा संक्रमितहरु भारतका उत्तर प्रदेश र बिहारबाट बढी भित्रिएका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु