हरिबहादुरकाे अनुभवः ‘मसँग एउटा सानो हँसिया थियो, यसैको सहाराले बाँच्न सफल भएँ’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

लमजुङ, भदौ ७ गते । लमजुङको बेंसीसहर नगरपालिका(९, साम्दी थापागाउँका हरिबहादुर थापा ६९ वर्षको भए। वृद्ध अवस्थाका थापाले घरनजिकै आएको चितुवासँग लडाइँ गरेर बाँचेको भन्दा धेरै छक्क पर्छन् । हुन पनि थापा बुढेसकालमा पुगेपछि हिम्मत भने युवाको जस्तै छ । उनले आइतबार बिहान मात्रै एउटा चितुवासँग लड्दालड्दै चितुवालाई मार्न सफल भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आइतबार बिहान ८ बजेतिर हरिबहादुर थापा घाँस काटेर घर फर्किएका थिए । घरनजिकै केही आवाज आएपछि बाँदर आयो की भन्दै हाहा र हुहु गर्दै बाहिर निस्किए । रुखतिर हेरे । करिब १० मिटर पर बाटोमा पुग्दा उनले चितुवाको टाउको देखे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हाहा गर्दागर्दै बाटो तलबाट उनलाई चितुवाले झम्टियो । चितुवाले धान खेतमा लडाएपछि पुनः उठेर आफ्नो साथमै रहेको हँसिया लिएर चितुवाको मुखमा हान्न थाले । उनले मुखमा हान्दै गर्दा चितुवाले पनि उनको हात, खुट्टामा चिथोर्यो । फेरी उनले चितुवाको टाउकोमै हँसियाले हाने । यसरी करिब १० मिनेटसम्म चितुवासँग लडिरहे । उनले हिम्मत हारेनन् । लडाइँ गर्दागर्दा चितुवा खेतमै मरेको उनले बताए।

‘कराउँदा कराउँदै चितुवा मैमाथि आयो । मैले पनि हातमै रहेको हँसियाले बजाएँ । अन्य भागमा भन्दा मुखमै हानिदिएँ । उसले फेरी मलाई झम्टियो । मेरो दाहिने हात, देब्रे हात र दाहिने घुँडामा चिथोरेको छ’ उनले भने, ‘म रित्तो हात भएको भए बाँच्ने थिएन होला । मसँग एउटा सानो हँसिया थियो, यसैको सहाराले बाँच्न सफल भएँ । यो नभएको भए आज मेरो अन्तिम दिन हुन्थ्यो ।’

थापाले चितुवालाई मारिसकेपछि घरका आफन्त, छिमेकी आएका थिए । उनी एक्लैले चितुवा मारेपछि स्थानीय दङ्ग परेका छन् । छोरा पर्ने विष्णुबहादुर थापाले वृद्ध अवस्थाका काकाले एक्लै चितुवासँग लडेको सुन्दा अचम्म लागेको बताए ।

उनले काकाको हिम्मत र आँटलाई गाउँलेले सम्मान गरेको बताए । घाइते थापाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

सब डिभिजन वन कार्यालय बेंसीसहरका प्रमुख सहायक वन अधिकृत नारायणप्रसाद कोइरालाका अनुसार आइतबार वृद्धलाई आक्रमण गर्ने साधारण चितुवा हुन् ।

अन्दाजी डेढ वर्ष उमेरको छ । शरीरको लम्बाई तीन फिट चार इन्च छ । पुच्छरसहित पाँच फिट छ इन्च रहेको छ । उचाई २३ इन्च छ । शरीरको मोटाई २२ इन्च रहेको कोइरालाले बताए । उक्त चितुवा पोथी जातको साधारण चितुवा हो ।
डिभिजन वन कार्यालयका डिभिज्नल वन अधिकृत मोहनराज काफ्लेका अनुसार मृत चितुवालाई कार्यालयमा ल्याइएको छ । मुचुल्ला लिएर कम्पाउण्डभित्रै गाडिने उनले बताए । (गोरखापत्र)

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु