१२ साउन, काठमाडौ
चीनको दक्षिण पश्चिमी शहर छेन्दु स्थित अमेरिकी वाणिज्य दूतावासका कूटनीतिज्ञहरू त्यहाँबाट बाहिरिएका छन ।
उक्त दुतावास बन्द भएको हेर्न हजारौ चिनिया नागरीकहरु आफ्ना काम धन्दा नै बन्द गरी छेन्दुमा पुगेका छन । अन्तराष्ट्रिय महत्व बोकेको विषय आफ्नै अगाडी हुन लागेको भन्दै चिनियाहरुले आफिस नै छोडेर त्यस ठाँउमा पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।
वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड छ। उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् भने कतिपयले सेल्फी लिइरहेका छन्।
अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न भनेको हो।
जानका लागि चिनियाँ कूटनीतिज्ञहरूलाई दिइएको ७२ घण्टे म्याद शुक्रवार सकेपछि अमेरिकी अधिकारीहरू वाणिज्य दूतावास भवनभित्र छिर्नका लागि ढोका खोल्न लगाएको संवाददाताहरूले देखेको बिबिसीले लेखेको छ ।
बेइजिङले “बौद्धिक सम्पत्ति चोर्नका लागि“ आफ्नो वाणिज्य दूतावासको प्रयोग गरिरहेकोले बन्द गराउने आदेश दिइएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएको बिबिसीले उद्धृत गरेको छ ।
अमेरिकी वाणिज्य दूतावासबाट लरीहरू बाहिरिँदै गरेका र कर्मचारीहरू कूटनीतिक चिह्नहरू हटाइरहेका तस्वीर चिनियाँ सरकारी सञ्चारमाध्यमले देखाएका छन्।
अप्रिय घटना नहोस् भनेर वाणिज्य दूतावास भवनबाहिर दर्जनौँ चिनियाँ प्रहरी खटेका छन्। रमिता हेरिरहेका मानिसहरूलाई उनीहरूले हट्न भनिरहेका छन्।
सन् १९८५ मा स्थापित चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासमा दुई सयभन्दा बढी स्थानीय कर्मचारी नै कार्यरत थिए।
चङ्गदुस्थित वाणिज्य दूतावास बन्द भएपछि चिनियाँ मुख्य भूभागमा चारवटा अमेरिकी वाणिज्य दूतावास र बेइजिङस्थित दूतावास बाँकी रहनेछ।
विगतमा फ्रान्सको उपनिवेश रहेको हङ्कङमा पनि अमेरिकी वाणिज्य दूतावास रहेको छ। गत हप्ता टेक्ससको ह्युस्टनस्थित वाणिज्य दूतावास बन्द गराइएपछि अमेरिकामा चीनका चारवटा वाणिज्य दूतावास र वाशिङ्गटन डीसीमा दूतावास बाँकी रहेको छ।
चीन सँगको व्यापार तथा कोरोनाभाइरस महामारी, हङ्कङमा लागु गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ ।
अमेरिकी दुतावास बन्द भएको रमिता हेर्न र सेल्फी खिच्न पुगे हजारौ चिनिया नागरीक
- सिम्रिक खबर
- • ६ महिना अगाडि