काठमाडौँ, भदौ ८ गते । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई रोक्न उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ गर्ने योजना रहेको फोरमले जनाएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको आइतबारको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।



JUNGLE






from the
city



निषेधाज्ञाको अवधिलाई पूर्ण सदुपयोग गर्दै कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णयमा पुगेको प्रमुख शाक्यले जानकारी दिए । सोमबार उपत्यका नगरपालिका फोरमको बैठक बसेर यस विषयमा थप निर्णय गर्ने छ ।
नगरपालिका फोरमका सचिव श्रेष्ठले तालिका नै बनाएर कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताए । छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा। खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेलगायत सहभागी थिए। आजको गोरखापत्रमा समाचार छ ।