मुसिकोटमा समुदायमा कोरोना भेटियो, १ स्वास्थ्यकर्मी सहित ५ सक्रंमण देखिएपछि वडा नं ६ सिल

File Photo

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 345
  •  
  •  
  •  
  •  
    345
    Shares

प्रकाश घिमिरे,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा एक जना स्वास्थ्यकर्मी सहित थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नगरपालिकाले गत भाद्र ४ गते समुदायस्तरमा कोरोना परिक्षणका लागि स्वाव सकंलन गरि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाएकोमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । बाँकी १३ जना मध्ये १ जना स्वास्थ्यकर्मी सहित अन्य ४ जनालाई कोरोना सक्रंमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । सक्रंमित मध्ये ४ जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका हुन् भने स्वास्थ्यकर्मी भने स्थानीय एक स्वास्थ्य चौकीमा कार्यरत रहेको परिवार नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सक्रंमित मध्ये वडा नं ४ का १ जना, वडा नं २ का ३ जना र वडा नं ६ का एक जना स्वास्थ्यकर्मीमा सक्रंमण पुष्टी भएको उनले बताए । वडा नं २ का सक्रंमित १ जना १४ दिन पहिले क्यान्सरको उपचारका लागि चितवन गएर आएको र त्यसपश्चात नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेको बताईएको छ । सक्रंमित स्वास्थ्यकर्मी बाहेक अन्य ४ जना एकै परिवारका सदस्य रहेको बताईएको छ । सक्रंमित सबैलाई आईसुलेसनमा राखिएको र उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको तैयारी हुँदै गरेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले बताए ।

अहिले सक्रंमितको सम्पर्कमा आएकाहरुको खोजी गर्ने कार्य भैरहेको र आइतवार उनीहरु सबैको स्वाव सकंलन गरि परिक्षणका लागि पठाईने उनले बताए । यसैबीच नगरपालिकाको आज बसेको बैठकले अर्को सुचना प्रकाशित नहुञ्जेल वडा नं ६ कुर्घा र कुर्घा स्वास्थ्य चौकीलाई सील गर्ने निर्णय गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
3
+1
0
+1
14
+1
3
+1
1
+1
14
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु