काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।
यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
देशमा हालसम्मकै धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकोे जानकारी अनुसार ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १ सय एघार जना संक्रमित भेटिएका हुन् ।



JUNGLE






from the
city



त्यस्तै काठमाण्डौ उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रायलका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसारकाठमाण्डौ जिल्लामा विहिबार २७० जना संक्रमित थपिएका छन् । ललितपुर ६६ जना तथा भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् । यो संख्या काठमाण्डौमा हालसम्मकै धेरै संक्रमित हुन् । त्यसैगरी आज देशमा पनि कोरोनाको नया किर्तिमानी भएको छ ।