गुल्मीमा कोरोना परिक्षण सुरु, पहिलो दिनमै १६ जनाको रिपोर्ट पोजेटिभ

File Photo

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 108
  •  
  •  
  •  
  •  
    108
    Shares

प्रकाश घिमिरे गुल्मी । गुल्मीबाटै कोरोना परिक्षण सुरु भएको छ । पीसीआर् मेसिनको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले असोज १ गते उद्घाटन गरेका थिए । मेसिनको उद्घाटन पछि ल्याव सञ्चालनमा झण्डै १ हप्ता लाग्ने बताइएको थियो । बुधवारबाट कोरोना परिक्षण गुल्मीमै सुरु भएको हो । मेसिन सम्पूर्ण पुरा भएपनि जनशक्ति अभावका कारण कोरोना परिक्षण असौज १ गतेबाटै हुन नसकेकोमा कर्मचारीहरु पूरा भएपछि सुरु भएको ल्यावका असिस्टेन्ट लक्ष्मण पन्थीले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बुधवार प्राप्त ३६ वटा नमुनाको परिक्षण गरिएको उनले बताए । जसमध्ये रुरु क्षेत्र गाउँपालिकाका ३० वटा र गुल्मी अस्पतालका ६ वटा नमुना परिक्षण गरिएकोमा १६ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए । जसमध्ये गुल्मी अस्पतालका ३ जना मध्ये २ जना महिला र १ पुरुष त्यस्तै रुरु क्षेत्र गाउँपालिकाका १३ जना पुरुषमा कोरोना सक्रंमण पुष्टी भएको छ । जिल्लामा कोरोना संक्रमितको पहिचान गरी कोरोना समुदाय स्तरमा फैलिन नदिनको लागि पीसीआर मेसिन संचालनमा ल्याईएको हो । उक्त मेसिन मन्त्री ज्ञवालीले नै गत साउन २ गते रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाललाई हस्तान्तरण गरेका थिए । तर बीचमा केही प्राविधिक समस्या देखिपछि मर्मतको लागि काठमाडौ लगिएको थियो । अहिले काठमाडौबाट उक्त मेसिनको सट्टा नयाँ मेसिन ल्याइएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा राखिएको परीक्षण प्रयोगशालाबाट एक पटकमा ९६ वटा स्याम्पलको नतिजा आउने तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गुल्मीमै पीसीआर परीक्षण सुरु भएपछि ४ देखि १७ दिनसम्म पीसीआर रिपोर्टको प्रतिक्षामा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यसभन्दा अगाडी संकलन गरिएका स्वाब काठमाडौ, हेटौडा र भैरवहवा पु¥याउने गरिएको थियो । त्यसो गर्दा रिपोर्टकै प्रतिक्षामा लामो समय कट्ने भएकोले अब त्यो समस्या समाधान भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । अब स्वाबको सङ्ख्या हेरीकन बढीमा दुई दिनमा नजिता आउनेछ । ल्याबमा अहिले ५ नम्बर प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र तम्घास अस्पतालका एकजना गरी दुईजना कर्मचारी कार्यरत छन् । तर दुईजनाले मात्रै नपुग्ने भएकोले जनशक्ति थप गर्नको लागि सुचना प्रकाशित गरिएको र त्यसको नतिजा पनि प्रकाशन भईसकेको हुनाले अब जनशक्ति थप हुने बताईएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु