बागलुङ, भदौ ९ : बागलुङ नगरपालिका ३ की एक व्यवसायी महिलामा संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
एक साताअघि ती व्यवसायी महिलामा कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो। एकै जनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सतर्कता अपनाइएको छ। साथै, भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा जारी गर्दै यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।



JUNGLE






from the
city



संक्रमित महिलाका सम्पर्कमा आएका २५ जनाभन्दा बढी रहेको सूचनापछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा शुरुमा परिवारका सदस्य र आफन्तसहित ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।
त्यसको भोलिपल्ट ६ जनाको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा एक जना र एक जनाको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा सोमबार पुनः दुई जना गरी एकै व्यक्तिबाट हालसम्म ९ जनामा कोरोना सरेको पाइएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए।
बागलुङ नगरपालिका–३ हाडेपाखामा कुखुरापालन व्यवसायी गर्दै आएकी ती महिलाभन्दा अघि बानपा २ की होटल व्यवसायी महिलामा कोरोना देखिएको थियो।