कोरोनाभाइरस महामारीले यी १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ । तर के यी देश साँच्चै नै कोभिड–१९ बाट वास्तवमै प्रभावहीन नै छन् ? र प्रश्न यो पनि उठ्छ कि उनीहरु अब के गरिरहेका छन् ?
सन् १९८२ मा खोलिएको ‘पलाउ होटल’ त्यो समयमा निकै ठूलो होटल थियो । यसको अत्याधिक चर्चा हुने गर्दथ्यो किनभने योभन्दा उन्नत होटल अरु कुनै थिएन ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यतिबेलादेखि आकाशे रङको प्रशान्त महासागरले घेरिएको यो सानो देशले पर्यटनमा वृद्धिको पूरा आनन्द लियो ।
सन् २०१९ मा करिब ९० हजार पर्यटक पलाऊ पुगेका थिए, अर्थात् यो देशको कूल जनसंख्याभन्दा लगभग पाँच गुणा बढी ।
सन् २०१७ मा आइएमएफको आँकडामार्फत् देशको जीडिपीको ४० प्रतिशत हिस्सा पर्यटनबाट आउने पत्ता लागेको छ । तर यो सबै कोरोना भाइरस आउनु अघिको समयको कुरा हो ।



JUNGLE






from the
city



मार्चको अन्तिम दिनदेखि पलाउको सिमानाहरू बन्द छन्। भारतमा लकडाउन घोषणा गरिएको समय देखी नै यहाँ सीमाना बन्द गरिएको हो । यद्यपि, पलाउ विश्वका १० देशहरू मध्ये एक हो (उत्तर कोरिया र तुर्कमेनिस्तान बाहेक) जहाँ कोरोना संक्रमणको कुनै आधिकारिक मामला छैन।
तर कुनै पनि मानिसलाई संक्रमित नगरेको भएपनि कोरोना भाइरसले यस देशलाई ध्वस्त गर्यो।
पलाउ होटेल मार्चदेखि बन्द छ, र अब एक्लो छैन। पलाउमा सबै रेस्टुरेन्टहरू खाली छन्। उपहार किन्न पर्यटकहरू जाने पसलहरू बन्द छन्। र ती होटलहरू मात्र खुला छन् जसले विदेशबाट पलाउका नागरिकहरूलाई क्वारेन्टाइनको सुविधा दिइरहेका छन्।
१० देश जहाँ कोभिड–१९ का कोही संक्रमित छैननः
– पलाउ
–माइक्रोनेशिया
–मार्शल द्वीप समूह
– नाउरु
–किरिबाती
– सोलोमन द्वीप समूह
– तुवालु
– समाओ
– वानुअतु
–टोंगा
द पलाउ होटेलका प्रबन्धक ब्रायन ली भन्छन्, “यहाँको समुद्र संसारको कुनै पनि ठाउँ भन्दा धेरै सुन्दर छ।“
उनका अनुसार आकाशको रङको निलो समुद्र नै हो जसले उनलाई व्यस्त राख्छ । कोभिड अघि उनको होटलका ५४ कोठामध्ये करिब ७०–८० प्रतिशत हरेक समय भरिएका हुन्थे तर सीमा बन्द भएपछि उनीसँग कुनै काम नै छैन ।
ब्रायन भन्छन कि “यो सानो देश हो, त्यसैले स्थानीयहरू पलाउ होटेलमा आउन बस्दैनन् ।“
उनको समूहमा लगभग २० कर्मचारी छन् र उनले सबैलाई अहिलेसम्म काममा राखेका छन् तर उनको कामको घण्टा घटाइएको छ ।
उनी भन्छन्, “म दिनदिन उनीहरुका लागि काम खोज्न खोज्छु। मर्मत कार्य जस्तै कुनै सामान मिालाउने वा त्यस्तै केहि ।“
तर खाली होटलहरूमा मर्मत र सामान मिलाउने कार्य सदाको लागि गर्न सकिदैन। ब्रायन भन्छन्, “म यसलाइ अब ६ महिनासम्म चलाउन सक्छु, तर अन्तमा मैले होटल बन्द गर्नुपर्नेछ।“
ब्रायनले पलाउका बासिन्दाहरूको यस्तो अवस्था बारे सरकारलाई दोष दिँदैनन्, किनकी सबभन्दा ठूलो कुरा कोरोना भाइरस महामारीलाई सफलतापूर्वक देशबाट बाहिर राखिएको छ।
उनी भन्छन्, ‘सरकारले आफ्नो स्तरमा राम्रो काम गरेको छ ।’ तर पलाऊको सबैभन्दा पुरानो र अत्याधिक चर्चित होटलकै हालत यस्तो छ भने त्यहाँ छिट्टै केही परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।
पलाऊका राष्ट्रपतिले हालै ‘आवश्यक हवाई यात्रा सेप्टेम्बर १ देखि पुनः सुरु हुनसक्ने घोषणा गरेका थिए । यसैबीच ताइवानसँग पलाऊमा एक एयर करिडोर बनाउने बारे पनि कुरा भइरहेको जसमार्फत् पर्यटक आउन अनुमति मिल्ने खबर पनि फैलिएको छ ।
यद्यपि, ब्रायनलाई यस्तो छिट्टै होला भन्ने लागेको छैन ।
उनी भन्छन्, ‘सरकारले व्यापार व्यवसाय पुनः खोल्नुपर्ने छ । सायद न्यूजिल्याण्ड र त्यसै प्रकारको अन्य देशसँग पर्यटकका लागि एयर–बबल सुरु गर्न मद्दत गरियोस् । नभए यहाँ कुनै प्रकारको व्यापार व्यवसाय गर्न सकिँदैन ।’
पलाऊभन्दा पूर्व दिशामा करिब चार हजार किलोमिटर टाढा विशाल प्रशान्त महासागर पारी रहेको मार्शल द्वीप पनि कोरोनामुक्त छ । तर पलाऊजस्तै कोरोना संक्रमण नभएका कारण यहाँ यसले केही प्रभाव पारेको छैन भन्नु गलत हुनेछ ।
यहाँ होटल रोबर्ट रिमर्स एक चर्चित होटल हो । यसको लोकेशन निकै शानदार छ । कोभिड अघि होटलका ३७ कोठामध्ये करिब ७५–८८ प्रतिशतसम्म भरिएका हुन्थे । यहाँ मुख्य रुपमा एशिया र अमेरिकाका पर्यटक पुग्ने गर्थे ।
तर जब सीमा बन्द भए होटलसँग ३–५ प्रतिशत मात्रै काम छ ।
यो होटल समूहका लागि काम गर्ने सोफिया फाउलर भन्छिन्, ‘हाम्रोमा बाहिरी द्वीपबाट आउनेहरुको संख्या पहिले नै सिमित थियो तर लकडाउनले सबै ध्वस्त पारिदियो ।’
राष्ट्रिय स्तरमा, मार्शल द्वीप समूहमा कोभिड–१९ का कारण सात सयभन्दा बढीको जागिर जाने अनुमान छ जुन सन् १९९७ पछि सबैभन्दा ठूलो गिरावट हो । यसमा २ सय ५८ जागिर होटल र रेष्टुरेन्ट क्षेत्रमा जाने आशा छ ।
तर मार्शल द्वीप समूहको ‘सेल्फ आइसोलेशन’ ले पर्यटकलाई बढी प्रभावित पारेको छ किनभने पलाऊको तुलनामा मार्शल द्वीपको पर्यटनमा निर्भरता कम छ । यहाँको माछा उद्योग बन्द हुनु सबैभन्दा ठूलो समस्या हो ।
देशलाई कोभिड मुक्त गर्नका लागि संक्रमित देशका डुङ्गालाई मार्शल द्वीपको बन्दरगाहमा प्रवेश गर्न रोक लगाइएको छ । इन्धनको ट्याङ्कर र कन्टेनर जहाजसहित अन्य ठूलो जहाजले प्रवेश गर्नुअघि समुद्रमा १४ दिन बिताउन निर्देशन दिइएको छ । माछा समात्ने लाइसेन्स रद्द गरियो र कार्गो उडानमा पनि कटौती गरिएको छ ।
संक्षेपमा भन्ने हो भने तपाईं भाइरसलाई त देशबाहिर राख्न सक्नुहुन्छ तर तपाईं यसलाई हराउन सक्नुहुन्नँ । कोभिड–१९ ले तपाईंलाई एउटाले नभई अर्कोले प्रभावित गर्नसक्छ ।
यद्यपि, सोफियाले स्थिती चाँडै नै ठिक हुने आशा भने व्यक्त गरेकी छिन् ।
केही देशहरू कोभिड १९ को कारणले सीमानाहरू बन्द भएपछि वास्तवमै गरीब भएका छन्, तर सबैजना चाहँदैनन् कि सीमा फेरि खोलियोस।
डा. लेन तारिभोंडा भानुआटुमा सार्वजनिक स्वास्थ्य विभागका निर्देशक हुन्। उनी तीन लाखको जनसंख्याको राजधानीको पार्टमा काम गर्छन्, तर उनी आफै अम्बेका हुन् जसको जनसंख्या १०,००० छ।
उनी भन्छन्, “यदि तपाई एम्बेका मानिसहरुसंग कुरा गर्नुहुन्छ भने तपाईले थाहा पाउनुहुनेछ कि मानिसहरूले सीमा बन्द गर्न सल्लाह दिएका छन्। उनीहरु विश्वास गर्छन् कि महामारी समाप्त नभएसम्म सीमाहरु बन्द राख्नुपर्दछ, किनभने उनीहरुलाई महामारीको धेरै डर छ। हो। तिनीहरू यसको सामना गर्न चाहँदैनन् “।
बीबीसी हिन्दीबाट अनुवादित ।