काठमाडौं उपत्यकामा प्रतिघण्टा १० जना नया संक्रमित थपिदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । अहिले देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ भने केही जिल्लामा आवतजावत बन्द गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झन्डै २ सय जना संक्रमित थपिने गरेका छन् । गत ४ भदौदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिएको छ । त्यसपछि एक साता थपिएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा बिहान बेलुकाको समयमा तरकारी किनमेलमा भीडभाड बढ्ने गरेको छ ।

यस्तै, बिहान बेलुका बजार खुल्दा जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना हुन सकेको छैन । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले आजभोलि थपिएका संक्रमितहरू निषेधाज्ञाअघि नै संक्रमण भएको व्यक्ति हुन सक्ने बताए । उनले भने, ‘लकडाउन खोल्नेबित्तिकै मानिसहरू एकै पटक बाहिर आए । त्यसरी आउँदा जनस्वास्थ्यको मापदण्ड पालना भएन । निषेधाज्ञा प्रभावकारी भए नभएको अबको केही दिनपछि थाहा हुन्छ ।’

उनले आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डहरू पालना गर्नुपर्ने बताए । जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले संक्रमण फैलिन नदिन स्वयं व्यक्ति सचेत र सजग हुन जरुरी रहेको बताए ।

पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक साताभित्र उपत्यकामा मात्रै १ हजार ७ सय १८ जना संक्रमित थपिएका छन् । गत शुक्रबार १ सय ८२, शनिबार २ सय १६, आइतबार १ सय ८६ र सोमबार २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंगलबार २ सय ३२, बुधबार ३ सय १ र बिहीवार ३ सय ७७ जनालाई संक्रमण पुष्टि भएको छ । बिहीबार काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ । आजको राजधानीमा खबर छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु