नेपाली पर्यटनमा कोभिड १९ ले पारेको प्रभाव

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 565
  •  
  •  
  •  
  •  
    565
    Shares

ओम प्रकाश शर्मा, काठमाण्डौ
झण्डै ६ महिना अघि चाइनाको उहान सिटीबाट शुुरु भएको कोरोनाभाइरसले आज विश्वका सबै राष्ट्रमा  असर गरेको छ । यसको असर बाट लाखौ मानिसले ज्यान गुमाएका छन भने कारोडौ मानिसहरु प्रभावित भएका छन । यसको औषधी पत्ता लगाउन विश्वका धेरै शक्तिशाली राष्ट्र हरु लाइ चिन्तनकोे बिषय बनेको छ । धेरै विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक हरु अनुसन्धानमा खटिएका छन । आजसम्म यसको ठोस निकास निस्कीएको छैन भने विकसीत राष्ट्रहरुले यस बर्ष २०२० को अन्तसम्ममा औषधी पत्ता लागीसक्ने अनुमान गरेका छन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोनाको असरबाट विश्वको अर्थतन्त्र खुम्चिएको छ । सबै आर्थिक गतिविधिहरु ठप्प प्राय छन । यसको असरमा विश्वमा पर्यटन तथा हवाइउडान, होटल व्यवसाय रहेका छन । यसलाइ पहिलेकै अवस्थामा फर्काउन धेरै समय पर्खनु पर्नेछ । चैत्र ११ गतेबाट नेपाल सरकारले लकडाउन गरेको छ । नेपालमा दैनिक हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ उडानहरु ठप्प छन । नेपालमा हजारौ मानिसहरु हवाइ उडानको माध्यमबाट ओहोर दोहोर गर्छन भने हवाइ यातायात मात्र विकल्प रहेको नेपालका ग्रामिण भेगका मानिसहरुको जनजीवन प्रभावित बनेको छ । नेपालमा आन्तरीक र अन्तराष्ट्रिय हवाइ सेवामा करिब १० हजार मानिसले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन । भने समग्र पर्यटनमा करिब २० लााख मानिसहरुले रोजगारी पाएका छन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० अन्तिम समयमा कोरोनाको कारण रद्ध गरेको छ । भ्रमण बर्षलाइ आधार मानी सम्पन्न हुन लागेका पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा क्षेत्रीय विमानस्थल लगायत सबै ठाँउमा पर्यटकको आगमन शुन्य प्राय हुनेछ । यसैलाइ आधार मानि निजी हवाइ कम्पनीले सेवा विस्तारका लागी गरेका योजना अगाडी बढाउन सकेका छै्नन । अरवौ लागतमा निर्माण गरेका तथा निर्माणको क्रममा रहेका होटलहरुले अहिलेको समयमा पर्यटकको स्वागत गर्न पाउने छैनन ।

साहसिक पर्यटन सँग जोडिएका सबै संरचनाहरु शुन्य प्राय छ । बर्षाै करोडौ रोयल्टी उठ्ने पर्वतीय गतिविधिहरु शुन्य छन । धार्मिक पर्यटन सँग जोडिएका धार्मिक स्थलहरु सुनसान छन । पर्यटकीय सेवाका लागि सञ्चालन गरिएका सवारी साधनहरु ग्यारेजमा थन्किएका छन । यसमा गरिएको अरवौ लगानी खेर गएको छ । नेपालको पर्यटनले आजका दिनसम्म करिब १७ अर्व नेपाली रुपैया गुमाएको छ ।

भने पर्यटन व्यवसायी पलायन हुने अवस्था छ । पर्यटन सँग जोडिएका सम्पुर्ण मजदुर वेराजगार छन । यसले उनीहरुमा मानसिक तथा आर्थिक समस्या थपिएको छ । सरकारले प्राप्त गर्ने करोडौ रुपैया राजस्व गुमेको छ । यसले सरकारलाइ थप आर्थिक भार बढेको छ । थलिएको नेपाली पर्यटनलाइ उकास्नको निम्ती सरकारले व्यवसायीहरुलाइ सहुलियत रुपमा ऋण उपलब्ध गराउने, भएका ऋणको समयावधि बढाउने, व्यवसायीले तिर्ने व्यवसाय करमा छुट दिनुपर्ने देखिन्छ ।

अहिलेको अवस्थामा विदेशी पर्यटकको आगमन शुन्य हुनेछ र भविष्यमा पर्यटक भित्राउनको लागि अनअराइभल भिषा दिने, निशुल्क भिषा, पर्यटकको भ्रमण लम्बाउनको लागि भिषा नविकरणमा छुट, होटल बुकिङ्ग तथा अन्य बुकिङ्गमा सहुलियत तथा अन्य आकर्षक प्याकेजहरु उपलब्ध गराउने । साथै सरकारले आन्तरिक पर्यटन उकास्नको निम्ती विशेष खालको प्याकेज ल्याउनु जरुरी छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु