नेकपा सचिवालय वैठक : के के भयो बैठकमा ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले विवाद समाधान गर्ने उपाय सिफारिस गर्नका लागि गत साता गठित कार्यदललाई अनुमोदन गरेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच भएको छलफलपछि दल भित्र विद्यमान आन्तरिक विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ(सदस्यीय कार्यदल गठन भएको थियो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कार्यदलका सदस्यमा ओली, प्रचण्ड र अर्का नेता माधवकुमार नेपालसँग निकट मानिएका नेताहरू छन्।

कार्यदलको वैधानिकताबारे प्रश्न उठेपछि सचिवालय बैठकले उक्त विषयलाई सम्बोधन गरेको हो।
पौडेल र पोखरेललाई प्रधानमन्त्री ओलीनिकट, शर्मा र भुषाललाई प्रचण्डनिकट र रावल र पाण्डे नेपालनिकटस्थ मानिन्छ।

के भयो बैठकमारु
‘पार्टीको समस्या समाधान गर्नका लागि अध्यक्षद्वयले गठन गरेको कार्यदलका सन्दर्भमा यो पहलकदमीलाई सकारात्मक रूपमा ग्रहण गर्दै कार्यदललाई अनुमोदन गरियो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले  भने।

कार्यदलको समय सीमा पनि तोकिने बताइएको भए पनि सोमवारको बैठकले यथाशीघ्र प्रतिवेदन बुझाउन भनेको श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार र पार्टीको प्रचारविभागका उपप्रमुख सूर्य थापाले सचिवालय अध्यक्षद्वयद्वारा गठित कार्यदलबारे बैठकमा जानकारी गराइएको र त्यसलाई बैठकले अनुमोदन गरेको जानकारी ट्विटरमार्फत् दिएका छन्।

तर कार्यादेशका विषयमा ठोस केही नभनिए पनि यो समस्या समाधान गर्ने नै विषयू भएको श्रेष्ठले बताए।

कार्यदलको प्रतिवेदन अध्यक्षद्वय बुझेपछि सुरुमा सचिवालयमा पेस हुने र त्यसपछि स्थायी कमिटीमा लाने बताइएको छ।

‘आवश्यकता परेको खण्डमा केन्द्रीय कमिटीमा पनि लानुपर्ने हुनसक्छ। तर कोभिड १९ को महामारीकाबीच त्यस्तो गर्न भने अनुकूल नहुन सक्छ,’ उनले भने।

विभिन्न विषयमा विवाद चुलिएको नेकपाको सचिवालय बैठक गत साउन ४ गतेदेखि हुन सकेको थिएन।

नेकपामा प्रचण्ड, नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले पार्टी र सरकारमा ओलीले एकलौटी गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। केही महिनादेखि दलभित्रको विवाद उत्कर्षमा पुगेको छ।

ओलीको प्रभाव कमजोर हुँदै गएको तथा उनका केही सार्वजनिक अभिव्यक्तिबारे आपत्ति जनाउँदै सचिवालयका केही तथा स्थायी समिति सदस्यहरूले उनले दुवै वा एक पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टी विभाजनसम्मको अवस्थामा पुगेको अनुमान गरिएको थियो।

दुई अध्यक्षबीच लामो समयसम्म संवाद हुन नसकेको अवस्थामा अहिले विकसित घटनाक्रमलाई पार्टी एकताका लागि सकारात्मक मानिनुपर्ने नेताहरू बताउँछन्।

-बीबीसी नेपाली
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु