स्थिती तनावग्रस्त भएपछि ललितपुरमा शुक्रवार कर्फ्यु लगाउने निर्णय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

ललितपुर, १८ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले भोली शुक्रवार कर्फ्यु लगाउने निर्णय गरेको छ । रातो मच्छेन्द्रनाथको रथ तान्ने क्रममा विहिबार तनावग्रस्त स्थिती सिर्जना भएको कारण जिल्लामा बिहान ४ बजेदेखी राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको हो । ललितपुर जिल्ला प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । उक्त झडपमा स्थानीय, प्रहरी तथा पत्रकार समेत घाइते भएका छन् । कर्फ्यु लगाएपछि ललितपुरमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन हुनेछ भने कोही पनि घरबाट बाहिर निस्कन पाउने छैन । भिडभाड रोक्नको निम्ती कर्फ्यु अन्तिम विकल्प हो । परिस्थिती विग्रिएको खण्डमा आवश्कता अनुसार कर्फ्यु लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाइ कानुनले दिएको छ । सोही अधिकारको प्रयोग गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनको भनाइ छ ।
झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। उक्त बैठकमै सो निर्णय भएको बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु