पहिराले दैलेखमा दुईको मृत्युः एक बेपत्ता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

दैलेख ।
दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका –४ गैरागाउँमा पहिराले सात घर बगाएको छ । पहिराले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र ६ जना घाइते भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत हुन् । मृतकका बुबा ४२ वर्षीय टीका, आमा ४० वर्षीया धनसरा, दिदी १७ वर्षीया बेल र दाजु १५ वर्षीय शम्शेर घाइते भएको वडा नं ४ का वडाध्यक्ष रमेश सिंजापतिले बताए । उनले भने, “हामीले पहिरो गएको खबर २ बजे पाउनेबित्तिकै उद्धार ग¥यौंँ । एक जनाको अवस्था सिकिस्त छ । अन्यको अवस्था सामान्य रहेको छ ।”

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बेपत्ता हुनेमा दानबहादुर कठायतका छोरा ११ वर्षीय लोकेश छन् । पहिरामा परी सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन् ।

त्यसै गरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका –५ कट्टीमा पहिराले घर पुर्दा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी मङ्गलबार रामघाट खोलामा आएको बाढी आठबीस नगरपालिका –१ रामघाट बजार पस्दा लाखौंँ क्षति भएको स्थानीयवासी नैनबहादुर शाहीले बताए । कर्णाली नदीमा पानीको बहाब बढेपछि रामघाट खोलाको पानी राकियो बजार पस्दा लाखौंको सरसमान बगाएको र मान्छे भागेर सुरक्षित ठाउँमा गएको जनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु