दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको अन्तिम संस्कार गर्न नदिने तीनजना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares

झापा – दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको मृत्युपछि अन्तिम संस्कार गर्न नदिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

इलाम माई नगरपालिका– २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेकै कारण बुबा चन्द्रप्रसादको अन्तिम संस्कार गर्न नदिएको आरोपमा यामकलाका भाइ टीकाराम आचार्य, पार्वती आचार्य र छिमेकी लक्ष्मी दंगाललाई पक्राउ गरिएको हो । पक्राउ परेका टीकाराम र पार्वतीलाई अन्तिम संस्कार गर्न नदिएको र दंगालले मृत्युपछि यामकला बुबाको मुख हेर्न जाँदा अपमान गरेको आरोप छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यामकलाको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीनकुमार राईले जानकारी दिए । उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाम लगिएको छ । पक्राउ परेका उनीहरूविरुद्ध जातीय छुवाछुतको अभियोगमा अनुसन्धान हुने उनले बताए ।

उनीहरूलाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको राईले बताए । १९ साउनमा मृत्यु भएका बुबा चन्द्रप्रसादको अन्तिम संस्कार दलितसँग विवाह गरेकै कारण सँगै बसेर गर्न नदिएको समाचार २२ साउनमा नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि दलित अधिकारकर्मीहरूले यो घटनालाई गम्भीरताका साथ लिएका थिए ।

अधिकारकर्मीकै सक्रियतामा उनीहरूविरुद्ध जाहेरी दर्ता भएको थियो । मृतक माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यका जेठाजु हुन् । उपमेयरकै परिवारमा छुवाछुतको घटना भएको भन्दै अधिकारकर्मीले चासोका साथ हेरेका थिए । ‘यो घटना विभेद र अपमानको पराकाष्ठा हो । यस्ता घटनाले हाम्रो समाज कस्तो छ भन्ने देखाउँछ,’ दलित अधिकारकर्मी नवराज शंकरले भने, ‘जातीय विभेदको घटनाका पीडितले कमै न्याय पाउँछन् । तर, यो घटनाका पीडितले न्याय पाउँछन् भन्ने आशा छ ।’

यामकलाले १२ वर्षअघि माइती घरदेखि पाँच सय मिटर उत्तरका रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी थिइन् । विवाहपछि नजिकै रहेका माइती पक्षले अहिलेसम्म उनलाई बोलाएका छैनन् ।

अभियुक्त लैजान उपमेयरको गाडी

उपमेयरको परिवारमा भएको यो घटनाका तीन अभियुक्तलाई लैजान उपमेयरले प्रयोग गर्ने माई नगरपालिकाको गाडी प्रयोग भएको छ ।

जिल्ला प्रहरी कार्यालयसम्म लैजान उपमेयर विष्णुमाया रिमाल आचार्यले प्रयोग गर्ने बा.१झ ८३५४ को गाडी प्रयोग भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी राईका अनुसार खबर गरेपछि अभियुक्त आफ्नो हिसाबले आएको बताए । नयापत्रिकामा खबर छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु