अष्ट्रेलिया गएका नेपाली विद्यार्थीले २५ जना सँग डेटिङ्ग गर्ने अवसर पाउँदै

प्रतिकात्मक तस्वीर, expatica

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

तक्दीर अधिकारी, सिड्नी। विनर सर्कल मिडियाले अस्ट्रेलियामा रहेका नेपाली अविवाहित र सम्बन्धमा नरहेका विद्यार्थीहरुलाई स्पिड डेटिङ्गको अवसरमा दिने भएकोे छ । खासगरी नेपाली संस्कृतिमा नरहेको यस आधुनिक शैलिलाई अस्ट्रेलियामा रहेका नेपालीहरुलाई अभ्यास गराउने गरी डेटिङ्गको कार्यक्रम राखीएको मिडियाका प्रशासकिय अधिकृत रोशन खतिवडाले बताए । “हाम्रो नेपाली संस्कृतिले हामीलाई खुलेर ब्यक्त हुने अवसर दिइसकेको छैन, तर हामीले अलिकति आधुनिकताको अभ्यान गर्न यो कार्य थालेका हौँ” खतिवडाले भने, “यसमा अविवाहित र सम्बन्धमा नरहेका युवक र युवतीहरुले एकअर्कालाई जान्ने र भविष्यमा उपयुक्त ठानेको खण्डमा जीवनसाथी पनि बन्न सक्नेछन्” ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कार्यक्रममा २५ जोडी र अरु १५ जना आयोजक र अतिथि गरी जम्मा ६५ जना क्षमताको हल तयार गरिएको छ । कार्यक्रममा भाग लिन युवक र युवतीहरुले एक सम्झौतामा हस्ताक्षर गरि प्रवेश गर्न पाउनेछन् । प्रवेश गरिसकेपछि प्रत्येक २५ जना ब्यक्तिहरुले त्यहा उपस्थित अर्का २५ जना विपरीत लिङ्गीहरुसँग अनिवार्य रुपमा ८ मिनेट सम्म कुराकानी गर्न पर्नेछ । सबैको समय सकिए पछी अन्त्यमा युवकयुवतीहरुको नाम समेटिएको फर्ममा आफुले सम्पर्क गर्न चाहेको ब्यक्ती नाममा टिक लगाउनु पर्ने छ । सोही फर्मको आधारमा जोडीहरुलाई सम्पर्क गर्न नम्बर हरु उपलब्ध गराइनेछ । “यस कार्यक्रममा सहभागी हुनको निम्ती अविवाहित हुनु र सम्बन्धनमा नरहनु अनिवार्य सर्त हो” अधिकृत खतिवडाले भने, “डेटिङ्गमा आउन चाहनेले आफु सम्बन्धमा नरहेको कुरा स्पष्ट रुपमा प्रमाणित गर्नुपर्ने हुन्छ” । अस्ट्रेलियामा ब्लाइन्ड डेट प्रचलनमा रहेको छ । जहाँ एक अर्काको विचमा कुनै पनि जानकारी नभइकन डेटमा प्रवेश गराइन्छ, तर यस स्पिड डेटिङ्गमा भने एकअर्काको बारेमा पूर्व जानकारी पाउन सकिन्छ । “यस प्रकारको कार्यक्रम नेपाली समुदायमा पहिलो पटक गर्न लागिएको हो, हामी पनि यसबाट सिक्दै सहज तथा प्रभावकारी बनाउन सकिन्छ भनेर लागि परिरहेका छौँ”, खतिवडाले भने ।आधुनिकताको विकास गर्ने उद्धेश्य- नेपाली समाजले यस खालको संस्कृतिलाई सहज रुपमा लिन सकेको छैन ।प्रेम सम्बन्धमा रहेका व्यक्तिहरु खुलेर बाहिर आउने वातावरण रहेको छैन । त्यसैले जोडीहरु लुकिछिपी डेट गर्छन । तर यो अभ्यासले मानिसहरुमा अलिकति आधुनिक सोँच ल्याउन भूमिका खेल्ने अधिकृत खतिवडाको विश्वास छ । “महिला पुरुष दुवैमा आधुनिक सोँच विकास गर्न, आत्मविश्वास बढाउन तथा लज्जाबोध हटाउने गरी यो फरक शैली अपनाइएको हो” उनले भने, “यस बाट युवायुवतीहरुले आफ्नो जोडी पनि प्राप्त गर्ने अवसर हुन्छ।” । उनका अनुसार डेट गर्न आइसकेपछि विहे नै गर्नुपर्छ भन्ने पनि छैन । उनीहरुले एक अर्कामा परिचित हुने र साथीको रुपमा अघि बढ्न पनि सक्नेछन् । यस कार्यक्रमले कोभिड १९ ले पारेको मानसिक असरलाई कम गर्न पनि सहयोग पुग्ने विश्वास लिईएको छ । त्यसैगरी परिस्थितीलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षाका उपायहरु अपनाइनेछ । कार्यक्रममा विशेष अतिथिहरु पनि उपस्थित हुनेछन् । त्यसैगरी उपस्थितहरुलाई खानपिनको व्यवस्था तथा केही सांगीतिक कार्यक्रमहरु पनि गरिने छ । डेटमा सहभागी हुन चाहने युवकले लगभग ५० डलर फि बुझाउनु पर्ने छ भने महिलाको निम्ती शुल्क ३० डलर तोकिएको खतिवडाको भनाई छ ।नेपाली समुदायमा अहिले सम्म डेटिङ्गको प्रचलन छैन । विशेष गरी अस्ट्रेलियामा आइपुगेका युवा युवतीहरु पश्चिमी रहनसहनको वातावरणमा आफुलाई घुलमिल गराउने क्रममा विभिन्न सामाजिक सञ्जालका डेटिङ्ग साइटहरुको शिकार हुने तथा कुलतमा लाग्ने समस्या समेत हुने गरेको पाइएकोे छ । यस कार्यक्रमले यो प्रकारको जोखिम न्यूनिकरण गर्न सक्ने विश्वास राखिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मिडियाले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई विभिन्न किसीमका रचनात्मक सहयोग गर्दै आइरहेको छ । कोभिड १९ को कारण समस्यामा परेका विद्यार्थीहरुलाई राहत सहयोग गर्नुका साथै उनीहरुलाई रोजगारी दिनको निम्ती विभिन्न किसीमका तालिमहरुमा पनि यस संस्थाले सञ्चालन गरिसकेको छ । त्यसैगरी मानसिक स्वास्थ्य सम्बन्धी सचेतना पनि सम्पन्न गरेको संस्थाले केही हप्ता अघि भव्य फुटसल मोनिया समेत सम्पन्न गरेको थियो । त्यसैगरी १० महिनाकी बालिकाको उपचार गर्नको निम्ती संस्थाले चालेको अभियानमा समितिका सदस्य समिर अर्याल ५७ किमी दौडिएका थिए भने ५ लाख नेपाली रुपैया सहयोग गरिएको थियो । त्यतिमात्र नभएर संस्थाले केही हप्ता अघि मात्रै सिड्नीमा रहेका नेपाली व्यवसायहरुलाई सेनिटाइज गरेर सहयोग गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु