८ साउन, काठमाण्डौ
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सभापति देउवाले एक सय २० दिन लामो बन्दाबन्दी खुलेपछि आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भेटमा सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्त्री ओलीसँग आग्रह र माग समेत राखेका छन्। बन्दाबन्दीका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको कुरा पनि उनले स्मरण गराएका थिए ।



JUNGLE






from the
city



पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गर्नुभएका देउवाले क्वारेन्टाइन अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरे । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिन पनि प्रधानमन्त्री ओलीसँग उनले आग्रह पनि गरेका छन । बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारबिहीन भएकको उद्धार, राहत र पुर्नस्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारलाई देउवाको आग्रह छ । कोरोनाबाट सृजित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पौडेलले जानकारी दिए ।