धुर्काेटको प्रशंसायोग्य काम : कृषकको कोदो देखी सिन्की सम्म खरिद गर्दै

File Photo

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 130
  •  
  •  
  •  
  •  
    130
    Shares

गुल्मी । स्थानीय सरकार गठन भएसँगै विभिन्न कामहरु गर्दै जनताको मन जितेको र चर्चा समेत कमाएको धुर्काेट गाँउपालिकाले कृृषकले उत्पादन गरेका कृषि उपजहरु खरिद गरी बिक्री गर्न थालेको छ । कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु खरिद गरी बिक्री गर्न पालिकाले रुपन्देहीकोे ग्रामीण कृषि उद्यमशीलतासँग सम्झौता समेत गरेको छ । गाउँपालिकाले बनाएको योजना अनुसार अब महिलाहरुले मासको दाल र सेतो कर्कलाबाट उत्पादन गरेको तितौरा, मुलाको सिन्की, मुलाको चाना, कोदो, सोस्टा, मकै, बेसार जस्ता कृषिउपजहरु कृषककै मुल्यमा खरिद गरी बिक्री गरिने छ । त्यसको लागि पालिकाले निश्चित मुल्य तोकिदिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तितौरा ३ सय ८० रुपैयाँ प्रतिकेजी, सिन्की ४ सय रुपैयाँ, मुलाको चाना ६० रुपैयाँ, बेसार २ सय ८५ रुपैयाँ, कोदो ३७ रुपैयाँ, बोडीको दाल एक सय ५० रुपैयाँ, ग्रडिङ्ग गरेको मकै ४० रुपैया, सेता र खैरो भटमास ७० रुपैया तथाज खैरो गहत ९० रुपैयाँमा खरिद गरिने भएको छ । यस अघि पनि गाँउपालिकाले कृषकहरुले उत्पादन गरेका अन्य उत्पादनहरुमा मात्राको आधारमा अनुदान दिने काम सुरु गरेको थियो । बारी बाँझो रहन नदिन यस्तो नीति अपनाइएको गाँउपालिका अध्यक्ष भूपाल पोखरेलले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

\

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु